बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणीमा नवनिर्मित वडा नम्वर ५को वडा कार्यालय भवनको नगर प्रमुख रावलद्धारा उद्धघाटन

त्रिवेणीमा नवनिर्मित वडा नम्वर ५को वडा कार्यालय भवनको नगर प्रमुख रावलद्धारा उद्धघाटन

  • बुधबार, पुस २२, २०७७
त्रिवेणीमा नवनिर्मित वडा नम्वर ५को वडा कार्यालय भवनको नगर प्रमुख रावलद्धारा उद्धघाटन
फाईल तस्बिर

चक्र बहादुर अएडी —  त्रिवेणी नगरपालिका वडा नम्वर ५को वडा कार्यलयको भवनको बुधवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
वडा नं ५ किम्निमा निर्माण गरिएको भवनको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले उद्घाटन गर्नु भएको हो । त्रिवेणी नगर पालिकाको ३७ लाख ७ हजारको लागानीमा २०७५ बैसाख १५ गते शिलान्यास गरिएको ५ कोठे पक्की भवनको निर्माण कार्य सम्पन्न भएपछि भवनको उद्घाट त्रिवेणी नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष एवम प्रवक्ता प्रेम बहादुर थापाले जानकारि दिनु भएको छ ।
बडा कार्यालयको आफ्नै भवन निर्माण भएपछि वडाका जनताहरुलाइ दैनिक प्रदान गरीने सेवा सुविधा सहजरुपमा प्रदान गरिने वडा नं ५ का वडा अध्यक्ष गम्भिरसिंह बुढाले बताउनु भयो
कार्यक्रम वडा नम्वर ५ का वडा अध्यक्ष गम्भिर सिंह बुढाको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि त्रिवेणी नगरपािलिका नगर प्रमुख रामसिंह रावल रहनु भएको थियो । त्यस्तै कार्यक्रमको विशिस्ट अतिथि नगर उप प्रमुख राधिका देवि सुनार , नेपाली काँग्रेश का सचिव रनसिंह अएडी , शिक्षक महाँसंघका केन्द्रीय सदस्य कर्ण बहादुर थापा , शिक्षक संघका अध्यक्ष प्रेम राज पाध्याय रहनु भएको थियो । त्यसै गरि कार्यक्रममा नौ ओटै वडा का वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य लगाएत अन्य आम सर्वसाधारण को सहभागिता रहेको बताएको छ । सो कार्यक्रमको संचालन वडा सदस्य कमल बुढाले गर्नु भएको वडा अध्यक्ष प्रेम बहादुर थापाले जानकारि दिनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार