शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • जनताका समस्या बुझ्न प्रजिअ गैह्रे सहित पहिलाे पटक मुक्तिकोट गाँउमा

जनताका समस्या बुझ्न प्रजिअ गैह्रे सहित पहिलाे पटक मुक्तिकोट गाँउमा

पहिलो पटक दुर्गम गाँउमा प्रजिअ गैह्रे सहितको टोली पुग्दा

  • बुधबार, पुस २२, २०७७
जनताका समस्या बुझ्न प्रजिअ गैह्रे सहित पहिलाे पटक मुक्तिकोट गाँउमा

बाजुरा — बाजुराको सर्वाधिक बिकटमा रहेको स्वामीकार्तिक गाँउपालिका वडा नम्बर १ मुक्तिकोट गाँउको अबस्था बुझन् प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे पुगेका छन् । सदरमुकाम बाट ३ दिन पैदल दुरीमा रहेको यो ठाँउमा जनताका समस्या बुझनका लागि प्रजिअ पुग्दा स्थानियले भब्य स्वागत गरेका छन् ।
पहिलो पटक सिडियो गाँउमा पुग्दा स्थानिय खुशी समेत भएका छन् । मुक्तिकोट गाँउमा दलित समुदायको बाहुल्यता रहेको छ, गरिब अभाबले यो गाँउ लामो समय देखि तड्पिरहेको छ, नेपालमा सबै भन्दा बढि गरिब भएको गाँउ मुक्तिकोट नै रहेको छ । प्रजिअ सँगै जिल्ला प्रहरी कार्यलय बाजुरा प्रमुख प्रहरी नायब उपरिक्षक मदनजित महरा, शसस्त्र प्रहरीका डिएसपि दिप्रेन्द्र विष्ट लगायतको टोलि बिकट गाँउमा पुगेका छन् । बाजुरामा २०२८ साल बाट प्रमुख जिल्ला अधिकारी बस्ने ब्यबस्था रहेको थियो ।
पहिलो पटक हिरामान श्रेष्ठले बाजुरामा प्रजिअ भएर आएका थिए । त्यो पाल देखी अहिले सम्म बाजुरामा ४८ जना प्रमुख जिल्ला अधिकारीले बाजुरा जिल्ला चलाइसकेका छन् । तर यो बिकट ठाँउमा पहिलो पटक प्रजिअ गैह्रे पुगेका छन् ।

No description available.
यो गाँउ भौगोलिक बिकटताले निकै टाढा रहेको छ । यो क्षेत्रमा राज्यका तल्लो तहका कर्मचारी समेत जान मान्दैनन् । केही कामका लागि त्यहाँ जानु पर्ने भएपनि बिच बाटै फर्कने गरेका थिए, स्थानिय बताउने गरेका छन् । गैर सरकारी संस्थाका कर्मचारी समेत जान मान्दैनन् । तै पनि हाम्रो जस्तो विकट ठाँउमा पहिलो पटक सिडिओ साव आएको हामी निकै खुशि भएको स्थानिय धन बिकले वताएका छन् । चुनावको बेला जिल्ला तहको नेता ति गाँउमा पुग्ने भएपनि अरु बेला भने राजनितिक दलका स्थानिय तहका भन्दा अरु कुनै नेता समेत नपुग्ने गरेको स्थानिय अगुवा मन लुवारले जनाए ।
प्रजिअको टोलिले जनताको जिवनस्तर, शान्ति सुरक्षा र विकासका बारेमा छलफल गरेका छन् । आफु त्यहाँ पुग्दा जनताका बास्तवीक समस्या थाहा पाएको र उनिहरुका समस्या समाधान गर्नका लागि पहल गर्ने प्रजिअले वताएका छन् । साथै दुर्गममा पुग्दा शान्ति शुरक्षा र बास्तबिक बाजुराको कथा ब्यथा जानकारी भएको वताए । हुनत प्रमुख जिल्ला अधिकारीले बर्षको एक पटक गाँउपालिका सम्म गएर अनुगमन गर्नु पर्ने रहेको हुन्छ । तर बाजुरा भने सिडियो यसरी कम दुर्गम ठाँउमा जाने गरेका छन् । नेपालको सबै भन्दा बढि गरिब भएको स्वामीकार्तिक गाँउपालिका हो । यो गाँउपालिकाको पनि सबै भन्दा बढि गरिब भएको गाँउ मुक्तिकोट गाँउ हो ।

चर्चामा

सम्बन्धित समाचार