शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • ‘तस्करी तपाई गर्ने, अनि यो सोझो मगरलाई आरोप लगाउने ?’

‘तस्करी तपाई गर्ने, अनि यो सोझो मगरलाई आरोप लगाउने ?’

  • बुधबार, पुस २२, २०७७
‘तस्करी तपाई गर्ने, अनि यो सोझो मगरलाई आरोप लगाउने ?’

धनगढी– नवनियुक्त वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नेकपाका नेता भीम रावलको संरक्षणमा सुदूरपश्चिममा वन फडानी भएको आरोप लगाएका छन्।

बुधबार धनगढीमा बसेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटिको चौथो बैठकमा बोल्दै मन्त्री आलेले यस्तो आरोप लगाएका हुन्। वनमन्त्री आलेले भीम रावलको सेटिङमा सुदूरपश्चिममा वन फडानी भएको दाबी गरेका छन्।

‘प्रदेशका वन मन्त्री माया भट्ट डाक्टर रावलकै दाहिने गोजीमा छिन्। अर्थ विकास तथा प्रकृतिक स्रोत समितिका सभापती गोविन्द कुँवर डाक्टर रावलकै साक्कै भिनाजु हुन्’ उनले भने, ‘फडानी गर्ने डिजाइनर डाक्टर रावलका भिनाजु गोविन्दका सहोदर भाइ कर्ण कँुवर ठुलो काठ व्यवसायी। यी सबैलाई संरक्षण गर्ने भीम रावल।’

मन्त्री आलेले भीम रावललाई प्रश्न गर्दै अगाडी भने, ‘तस्करी तपाई गर्ने यो सोझो मगरलाई आरोप लगाउने ?’  #दिनेश

चर्चामा

सम्बन्धित समाचार