शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • एउटा शब्द बोलेर देखाँए बिघटन

एउटा शब्द बोलेर देखाँए बिघटन

  • बुधबार, पुस २२, २०७७
एउटा शब्द बोलेर देखाँए बिघटन

भन्छन नेताहरु हाम्रो धेरै छलफल भयो,
त्यसैले त मध्याब्दि चुनावनै अटल भयो।

कसोगरी सरकार चल्छ त हाम्रो देश मा,
टुक्रा टुक्रा दुई तिहाईको यही दल भयो।

देश जनताको लागि जनम जात थिएनौ,
हाम्रो स्वार्थमा धेरैको रगतको भल भयो।

सरकार संसद कतै जाने थिएन कहिलेई,
केगरौँ यार हाम्रो त भित्रै ठुलो कल भयो।

जनताहरु लाई मुर्ख बनाउँन सजिलो छ,
यस्तो तमाशा ता देश भित्र हर पल भयो।

अड्डा अदालत हाम्रै हातमा छ सब थोक,
नसोच्नु यो देशको बारेमा कुनै हल भयो।

मैलेत एउटा शब्द बोलेर देखाँए बिघटन,
देश मा मात्रै हैन छिमेकमै हलचल भयो।

चर्चामा

सम्बन्धित समाचार