• होमपेज
  • शिक्षा
  • जन प्रशासन क्याम्पस जोड्ने २ सय मिटर सडक खण्ड निर्माण सम्पन्न

जन प्रशासन क्याम्पस जोड्ने २ सय मिटर सडक खण्ड निर्माण सम्पन्न

  • सोमवार, पुस २०, २०७७
जन प्रशासन क्याम्पस जोड्ने २ सय मिटर सडक खण्ड निर्माण सम्पन्न

जन प्रशासन क्याम्पस जोड्ने झण्डै २ सय मिटर सडक खण्ड विभिन्न अवरोधका विच निर्माण सम्पन्न गरिएको छ।क्याम्पस सम्म पुग्ने बाटो पानी पर्यो भने हिलाम्य हुने र कुनै शैक्षिक गतिविधि ठप्प हुने अबस्था थियो तर अशिले सडक बने संगै सबैमा खुसीयालीय छाएकाे छ। क्याम्पस प्रशासन,अन्य विद्यार्थी संगठन हरुले वर्सौ देखी रोइ कराई गरेर गुहार माग्दा पनि बाटो बन्न सकेको थिएन,उसै माथी बाटो विवादित नै थियो। क्याम्पस प्रशासन, काठमाडौं महानगर पालिका, कामनपा १४ नम्बर वडा, सडक विभाग, चक्रपथ सुधार आयोजन, मेलम्ची खानेपानी, काठमाडौं खानेपानी, भौतिक पुर्वाधार मन्त्रालय, जर्नालिजमको निर्मित भवन, ल को डिन कार्यालय, फेरेस्टीको निर्मित भवन हरु संग पटक पटकको समन्य, स्थानीय संगको विवाद समाधान गरी चक्रपथ परिक्रमण बल्खु कलंकी सडक खण्ड देखी जन प्रशासन क्याम्पस जोड्ने झण्डै २ सय मिटर सडक खण्ड विभिन्न अवरोधका विच निर्माण सम्पन्न गरिएको अनेरास्वीयुका नेता धर्मराज तिमिल्सेनाले बताए ।

No description available.
यसका साथै, देश लकडाउनमा गए संगै रोकिएका शैक्षिक गतिविधि संचालन गर्न विश्वविद्यालयका कुलपति रेक्टर रजिस्टार, डिन, क्याम्पस प्रमुख, प्राविधिक, शिक्षक तथा विद्यार्थी संग समन्वय गरी MPA प्रथम सेमेस्टरको पठनपाठन सुचारू गर्न लगाएकाे नेता तिमिल्सेनाले बताए। शैक्षिक गतिविधि कै निरन्तरताका लागी नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना,महिला वालवालीका तथा जेष्ठ नागरीक मन्त्रालय सचिव यमकुमारी खतिवडा, सहकारी विभागका महानिर्देशक सह सचिव टोकराज पाण्डेय, सल्यान जिल्लाका प्रजिअ हेमराज तामाङ, अछाम जिल्ला प्रजिअ गोकर्ण प्रसाद उपाध्याय, बाजुरा जिल्लाका प्रजिअ कृष्ण राज गैह्रे, सुदुरपश्चिम प्रहरी प्रमुख डिअाइजी उत्तमराज सुवेदी, प्रशासनविद काशीराज दाहाल, सुर्खेत जिल्ला प्रहरी प्रमुख एसएसपी राजेन्द्र प्रसाद भट्ट , अधिवक्ता अञ्जना न्यौपाने, त्रिभुवन विश्वविद्यालयका रेक्टर डा. शिवलाल भुसाल, त्रिवि खेलकुद तथा विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक गंगा मगर,विश्वविद्यालयका सह प्रध्यापक डा.नरेन्द्र राज पौडेल लगाएत उच्च पदस्थ व्यक्तित्वहरुलाई आमन्त्रण गरी विज्ञ कक्षा संचालन तथा संयोजन गरीयो। लगत्तै धेरै संघर्ष गर्दै अनलाइन कक्षाका विरोध हरुलाई थमथम्याउदै BPA को दोस्रो, चौथो, छैटौं र आठौं सेमेस्टरको पठनपाठन तथा MPAको दोस्रो र तेस्रो सेमेस्टरको पठनपाठन, MPA चौंथौ सेमेस्टरको थेसिसको काम तथा एमफिलको पठनपाठन अनलाइन बाट निरन्तरता दिएकाे बताइएकाे छ।

No description available.

लकडाउनकै विचमा आन्तरिक मुल्यांकनमा प्रोफेसर, क्याम्पस प्रशासन, लगाएत सरोकारवालाले गर्ने मनोमानी चिर्दै विद्यार्थी हरुलाई न्याय दिलाइयो। लगाएत यस्ता विद्यार्थी पक्षिय सयौँ कामहरु गरिएको नेता तिमिल्सेनाले बताए। लकडाउनमा अप्ठेरोमा परेका विद्यार्थी साथी हरुलाई व्यक्तिगत रुपमा सहयोग गर्ने, दुतावासले दिने स्केलरसिपको व्यवस्थापन, क्याम्पसका विद्यार्थीलाई राष्ट्रीय खेलकुदम सहभागी गराउने,खेलकुद मैदान निर्माण,सामग्री व्यवस्थापन , एमपीए प्रत्येक सेमेस्टर भर्ना रु १५ हजार रहेकोमा विभिन्न रणनीति अपनाई पुरानै शुल्क रु १२ हजार ५ सय कायम गराइयो। बीपिए / एमपीए को सेलेवस क्याम्पसको वेबसाइटमा पनि नराखिएको बाध्यात्मक ढंगबाट विद्यार्थीलाई किन्ने बेच्ने गरेको रै छ त्यसका विरुद्ध सेलेवस आफै टाइपिंग गरी हरेक विद्यार्थीलाई मेल मार्फत वितरण गरेर क्याम्पस प्रशासनका गलत गतिविधि विरुद्ध लडाई सुरु गरेको उनले बताए।

No description available.

BPA को सेलेवस रु १०० मा MPA को सेलेवस रु ५५ मा बेच्ने गरेकोमा निशुल्क गरिएको छ । पुरानो भर्नाको विल /रसिद हराए बापत विद्यार्थी लाई रु १०० जरीवाना गराउने गरेकोमा रु १० मा झारेको छ, पुस्तकालय धरौटी लिने तर विद्यार्थी लाई धरौटी फिर्ता नगर्ने गरेकोमा धरौटी फिर्ता गराउने,कम्प्युटर ल्याव व्यवस्थापन,पुस्तकालय व्यवस्थापन, लगाएत क्याम्पस तथा विद्यार्थीको पक्षमा सयौँ काम अनेरास्ववियुले गरेको छ केही कुरा यो चार्टमा पनि समावेश गरिएको उनले बताए ।

No description available.

अनेरास्ववियुलाई कुनै बैठकमा समावेश नगर्ने क्याम्पस, विद्यार्थी  रेट्ने क्याम्पस आज अनेरास्ववियुमय भएको, विद्यार्थी पक्षिय भएको उनकाे भनाइ रहेकाे छ । त्यसै गरी क्याम्पस संग जोडीएको विश्वविद्यालयको जग्गा दुरुपयोग भएकोमा जग्गा दुरुपयोग हुन नदिन संघिय संसद, काठमाडौं महानगर पालीका, VC, रेक्टर, रजिस्टार कार्यालय लगाएत संस्थामा दबाब दिई हजारौं विद्यार्थीबाट हस्ताक्षर संकलन गरी विश्वविद्यालय को जमिन बचाउन, शैक्षिक वातावरण जोगाउन, विद्यार्थी को शैक्षिक भविष्य सुनिश्चित गर्न अनेरास्वीयु लागी परेकाे उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार