शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथकाे काँडाकोटमा गाडी पुगे संगै पयर्टनको सम्भावना बढ्याे

जगन्नाथकाे काँडाकोटमा गाडी पुगे संगै पयर्टनको सम्भावना बढ्याे

  • आइतवार, पुस १९, २०७७
जगन्नाथकाे काँडाकोटमा गाडी पुगे संगै पयर्टनको सम्भावना बढ्याे
बाजुरा — बाजुरा जिल्लाकाे दुर्गम गाउँपालिकाकाे रूपमा रहेकाे जगन्नाथका गाउँगाउँमा गाडी पुगे संगै त्यहाका कतिपय ठाउँमा पर्यटनकाे सम्भावना बढेकाे छ ।  स्याउ,सिमि र लेकाली गहुँ उत्पादनको मुख्य केन्द्र जगन्नाथ गाउपालिकाको वडा नं २, काँडाकोटलाई लक्षित गरि गाँउपालिकाले तिन बर्ष अगाडी सेरा काँडाकोट सडक खन्ने कामको शुरुवात गरेको थियो ।
 तिन बर्षमा १० किलोमिटर सडकको ट्रयाक ओपन भएपछि शनिबार अर्थात पौष १८ गतेका दिन औपचारिक रुपमा सडक उदघाटन नभए पनि गाउपालिकाका कर्मचारीहरुले त्यहा पुगेर हेर्दा निकै रमणीय भएकाे जगन्नाथ गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताए ।
(Picnic ) वनभोजका लागि दुइ वटा जीप र चार वटा मोटरसाइकल सहित काँडाकोट पुगेर हेर्दा पर्यटनकका लागि निकै राम्राे सम्भावना देखीएकाे उनले बताए ।
Image may contain: sky, cloud, tree, outdoor and nature
कृषि शाखाको तथ्याँक अनुसार काँडाकोटमा हाल दश हजार स्याउका बिरुवा रहेको र आर्थिक बर्ष २०७७।२०७८ मा कृषि ज्ञान केन्द्रले पकेटका लागि छनौट गरि रु पच्चिस लाख रुपैंया विनियोजन गरेको हुनाले स्याउ खेति थप विस्तार हुने भएको छ । सडक संचालन पश्चात् त्यहाँकाे उत्पादन स्याउ र सिमिले बजार पाउनुका साथै बजारकाे समान सस्ताे मुल्यमा स्थानियले उपभाेग गर्न पाँउने जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए ।
Image may contain: 10 people, including Surya Karki, people standing, outdoor and nature
दुइ बर्ष अगाडी सम्म काडाकोटका बासिन्दाले कुवाको पानी पिउदै आएका र गत बर्ष गाँउपालिकाले आठ किलोमिटर टाडा बाट चौसठ्ठी लाख रुपैंया लगानी गरेर काँडाकोटमा पानी पुर्याए पछि बाह्यैमास पानीका लागि सहज भएकोछ भने नेपाल टेलिकमले टावर स्थापना गरेपछि गाउपालिकाको लगानीमा विद्युत पुर्याउनुका साथै नेपाल टेलिकमले मिति २०७७ पौष १६ गते बाट थ्रिजि सेवा बिस्तार गरेको अध्यक्ष शाहीले बताए ।
Image may contain: 2 people, people standing, sky, outdoor and nature
समुन्द्र सतह बाट २७०० मिटर उचाइमा रहेको दहडाँडालाई गाउपालिकाले पर्यटकिय पार्क बनाउने योजना सहित संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । उक्त स्थान बाट कर्णाली प्रदेशका कालीकोट,जुम्ला,मुगु,हुम्ला र बाजुरा प्रदेश (क) का चार वटै स्थानिय तहको दृश्यावलोक गर्न सकिने गाउपालिकाका राेजगार संयाेजक जाेशीकाे भनाइ रहेकाे छ । पिलुचौर बाट बाह्य किलोमिटर दुरीमा रहेको काँडाकोटका फाँटहरुले जो कोहीको मन नलोभ्याइ रहन सक्दैन ।

चर्चामा

सम्बन्धित समाचार