शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • बझाङबाट बाजुरा आउदै गरेको जिप आटिचौरमा दुर्घटना चालक सहित ६ जना घाइते

बझाङबाट बाजुरा आउदै गरेको जिप आटिचौरमा दुर्घटना चालक सहित ६ जना घाइते

  • बुधबार, पुस १५, २०७७
बझाङबाट बाजुरा आउदै गरेको जिप आटिचौरमा दुर्घटना चालक सहित ६ जना घाइते

बाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना हुदा चालक सहित ६ जना घाइते भएका छन । बझाङबाट बाजुरा सदरमुकाम मार्तडी आउदै गरेको से १ ज १०५८ नम्मरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जीपको ब्रेक फेल भएर खप्तड छेडेदह गाउँपालिकाको वडा न ६ लमगाउँमा सो जीप दुर्घटना भएको जनाएको छ । सो जीप चालक सहित ६ जना सवार रहेको गाडी बाजुरा सदरुमकामा मार्तडी आउने क्रममा दुर्घटना भएको जनाएको छ । गाडीमा सवार १ जना सिकिस्त घाइते भएका छन । घाइते भएका खप्तड छेडेदह गाउँपालिका वडा न ६ का बर्ष ३० दिनेश गन्दर्भ रहेको प्रहरीले जनाएको छ । उनलाई अछामको बयालपाटा अस्पताल लैजाने तयारी भएको खवर प्राप्त भएको छ उनको टाउकोमा गम्भीर चोट लागेको जनाएको छ ।
त्यसै गरी चालक सहित अन्य ५ जना सामान्य चोटपटक लागेको जिल्ला प्रुहरी कार्यालय बाजुराले जनाएको छ । जसमा बझाङको जयपृथ्बी नगरपालिका वडा न २ की सरिता रानाको अनुहारमा चोट लागेको, खप्तड छेडेदह गाउँपालिका ६ का बर्ष ४० का केशव बिष्टको टाउँकोमा सोही नगरपालिका ५ का अर्जुन बुढाको अनुहारमा गोलेश्वर नगरपालिका ४ का बर्ष १८ का शुरेस रानाको टाउँकोमा सोही नगरपालिका ६ का बर्ष २० का नरेन्द्र गन्र्दभको टाउँकोमा सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार