शुक्रबार, बैशाख १४, २०८१

गजल!

  • सोमवार, पुस १३, २०७७
गजल!

जनताले नेता सँग गर्ने यो सवाल हुँनु पर्छ,
कि त छिट्टै बिघटित संसद बहाल हुँनु पर्छ।

अब ब्यहोर्दैनौँ जनताले चुनावी खर्च लाई,
बिघटित संसदको बिरुद्ध बबाल हुँनु पर्छ।

दुई तिहाईको सरकार पचाउँन नसक्नेहरु,
राष्ट्रघातिकै बिरुद्ध शंघर्ष बिशाल हुँनु पर्छ।

अति भयो अब देशलाई नङ्गेझार पार्ने लाई,
देशद्रोही अब त छिट्टै देश निकाल हुँनु पर्छ।

जनताहरु सचेतहौँ होसियार खबरदार अब,
लैण्डुब घुस्न न सक्ने जन प्रखाल हुँनु पर्छ।

यो सेतेको मात्रै सवाल होईन पुरा देशकै हो,
अब यही बिचारको ब्यापक उछाल हुँनु पर्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार