बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिका द्धारा विद्यार्थिहरुलाई प्याड वितरण

त्रिवेणी नगरपालिका द्धारा विद्यार्थिहरुलाई प्याड वितरण

  • आइतवार, पुस १२, २०७७
त्रिवेणी नगरपालिका द्धारा विद्यार्थिहरुलाई प्याड वितरण

चक्र बहादुर अएडी — जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ८ कालापानिमा रहेको नरसिंह आधारभुत विद्यालयलाई नगरपालिका द्धारा प्याड वितरण गरिएको छ । विद्यालयमा अध्यान गर्न आउन कक्षा ६ ,७, ८ का किशोरीहरुलाई पढाईमा अवरोध नहोस भन्ने उदेश्यले आईतवार प्याड वितरण गरिएको विद्यालयले जानकारि दिएको छ ।
महिनावारि भएको अवस्थामा धेरै जसो छात्राहरु विद्यालय नआउने गरेको र घरमै वस्ने गरेकोले विद्यालयमा नियमित गराउनका लागि केहि राहात पुगोस भनेर नगरपालिका द्धारा विद्यालयलाई प्याड वितरण गरिएको वडा नम्वर ८ का वडा अध्यक्ष भिम बहादुर थापाले बताएका छन ।
आज विद्यालयमा एक कार्यक्रमका विच वितरण गरिएको छ । सो कार्यक्रममा वडा नम्वर ८ का वडा अध्यक्ष भिम बहादुर थापा , विद्यालय व्यवस्थापन समिति सम्पुण शिक्षक विद्यार्थिको सहभागितामा वितरण गरिएको विद्यालयले जानकारि दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार