शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • संसद् विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु

संसद् विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु

  • शुक्रबार, पुस १०, २०७७
संसद् विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको सुनुवाइ सुरु भएको छ । मुद्दा उपर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ सुरु भएको हो । अहिले अधिवक्ता सन्तोष भण्डारीले बहस गर्दैछन् ।

५ सदस्यीय गठित इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

बुधबार प्रधानन्यायाधीश जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू संविधानको धारा ७६ को व्याख्यासँग सम्बन्धित रहेकाले संवैधानिक इजलासमा पेश गर्न आदेश दिएका थिए ।
उसो त प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासको रोष्टर नै परिवर्तन गरेका छन् । प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट उपर आज हुने संवैधानिक इजलाश अघि राणाले रोष्टर परिवर्तन गरेका हुन् ।

५ जनाको इजलासमा वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र मिरा खड्कालाई हटाइएको हो । इजलाश तोकिएका कार्की महान्यायाधिवक्ता अग्नि खरेको ल फर्मका पार्टनर हुन् भने केसी राणाका यसम्यान । यसो गर्दा इजलासमा राणाको बहुमत बन्ने निश्चत भएको छ ।

संवैधानिक इजलाशमा प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश हुन्छन् । संवैधानिक इजलाशका तीनजना न्यायाधीशको बहुमतले मुद्दा फैसला गर्ने कानुनी प्रावधान छ । सो फैसला उपर पुनरावलोकन हुँदैन ।

चर्चामा

सम्बन्धित समाचार