शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आयुर्वेद
  • बिद्यालय योग शिक्षा र आयुबेर्द सम्बन्धी क्षमता अभिबृद्धी तालिम सम्पन्न

बिद्यालय योग शिक्षा र आयुबेर्द सम्बन्धी क्षमता अभिबृद्धी तालिम सम्पन्न

  • बुधबार, पुस ८, २०७७
बिद्यालय योग शिक्षा र आयुबेर्द सम्बन्धी क्षमता अभिबृद्धी तालिम सम्पन्न

बाजुरा —  बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा दुई ओटा तालिम सम्पन्न भएका छन । जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्र बाजुराको आयोजनामा गरिएका बिद्यालय योग शिक्षा तालिम र आयुबेर्द सम्बन्धी क्षमता अभिबृद्धी तालिम समापन भएका छन ।
जिल्ला सबै स्थानीय तहका प्रतिनिधी बिद्यालयहरु का शिक्षकहरुलाई पौष २ गते देखी सचांलन भएको तालिम र ४ गते देखी सुरु भएको क्षेमता अभिबृद्धी तालिमको समापन गरिएको जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्र बाजुराले जनाएको छ ।
आयुर्बेद आरोग्य केन्द्र जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्र र कोल्टी आयुबेर्द केन्द्रका कर्मचारीहरुको सहभागितामा सो तालिम समपान भएको जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्रकी कार्यालय प्रमुख दिक्षा भण्डारीले बताएकी छन ।
सो तालिमको प्रशिक्षण डाक्टर सत्यराज जोशी र अच्युत शाली घिमिरेले संचालन गरेको प्रमुख भण्डारीले बताएकी छन । दुबै ओटा तालिमको समापन कार्यालय प्रमुख दिक्षा भण्डारीको अध्यक्षता र डाक्टर सत्यराज जोशीको प्रमुख आथित्यमा एक कार्यक्रमका बिच समापन गरिएको जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्र बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार