शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ मा टेलीकमको सेवा बिस्तार हुने भएपछी स्थानीय खुशी

बडिमालिका ७ मा टेलीकमको सेवा बिस्तार हुने भएपछी स्थानीय खुशी

  • शनिबार, पुस ४, २०७७
बडिमालिका ७ मा टेलीकमको सेवा बिस्तार हुने भएपछी स्थानीय खुशी
फाइल तस्बिर

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका वडा न ७ मा नेपाल टेलीकमको फोर जी सेवा सहितको टावर निर्माण हुने भएको छ । सदरमुकाम समेत रहेको सो वडामा हाल फोन सेवा नभएकोले टेलीकमले टावर निर्माण गरी सेवा बिस्तार गर्ने बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
बाजुरा जिल्लाको सबै भन्दा पहिलो नगरपालिका र सदरमुकाम समेत रहेको नगरपालिकाकै वडा न ७ मा फोन नेटवर्क नभएको अबस्थामा त्यहाँका जनताको मागलाई सम्बोद्धन गर्दै बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको पहलमा सो टावर निर्माण गरिने भएको छ ।
बडिमालिका नगरपालिका वडा न ७ को माउलेख गाउँमा रहेको गौरी धामीको ५ सय १९ नम्मर कित्ता जग्गा नेपाल टेलीकमले लिजमा लिन सम्झौता भईसकेको र अबको २ महिनामा टावर निर्माण गरी सेवा बिस्तार गरिने नेपाल टेलीकमले जनाएको छ ।
सर्बेक्षण गर्दा धेरै ठाउँमा गरिएको भए पनी सो ठाउँबाट वडा भरी काम गर्ने भएकोले गौरी धामीको १६ हजार ७ सय ५० बर्गमिटर जमिन २० बर्षका लागि लिजमा लिइ अबको केही दिनमै काम सुरु गरिने वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन । नगरपालिकाकै दुर्गम जस्तो रहेको वडा न ७ मा नेपाल टेलिकमको सेवा पाउने भएपछि जिल्ली चुथी सिराडी रजातोली, ढम्कनेका स्थानीयहरु खुसी भएका छन ।

चर्चामा

सम्बन्धित समाचार