आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • मालिका माबिमा ४ जना बिद्यार्थी संक्रमित, बिद्यालय बन्द भएन

मालिका माबिमा ४ जना बिद्यार्थी संक्रमित, बिद्यालय बन्द भएन

संक्रमीत बिद्यार्थी शुक्रबार बिद्यालय उपस्थित रहेका थिए

  • शनिबार, पुस ४, २०७७
मालिका माबिमा ४ जना बिद्यार्थी संक्रमित, बिद्यालय बन्द भएन

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको मालिका माबिका बिद्यार्थीहरुलाई कोरोना देखीएको भए पनी बिद्यालय बन्द गरिएको छैन ।
मसिंर ३० गते स्वाव संकलन गरि धनगढी पठाएको र बिहिबार परिक्षण रिर्पोट आएको र जसमा ४ जना बिद्यार्थीहरुमा कोरोना देखीएको छ । बिद्यार्थीहरुलाई कोरोना देखीएको भए पनी यहाँको प्रशासन र बिद्यालयले भने बिद्यालय बन्द गरिएको छैन र शुक्रबार बिद्यालय संचालनमा रहेको थियो । कोरोना संक्रमित ४ जना बिद्यार्थीहरु शु्क्रबार पनी बिद्यालयमा उपस्थिीत रहेको बिद्यालयले जनाएको छ ।
बाजुरा जिल्लाकै सबै भन्दा बढि बिद्यार्थीको चाप रहेको मालिका माबिमा हाल २ हजार ४२ जना बिद्यार्थी र ६१ जना शिक्षक र कर्मचारी रहेका छन । सो बिद्यालय प्रशासनको कमजोरीका कारण जिल्ला भर कोरोना फैलीन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन ।
बिद्यालय, नगरपालिका र जिल्ला प्रशासनले समेत यस बिषयमा ध्यान नदिएको नागरिक अगुवाहरुको गुनासो रहेको छ । संक्रमित बिद्यार्थीहरुको सम्र्पकमा को छन र कहाँ छन भन्ने समेत अत्तो पत्तो नभएको देखीन्छ । संक्रमित बिद्यार्थीहरुलाई समेत सम्बन्धीत बिद्यार्थीहरुलाई जानकारी नगराएको बिद्यालय श्रोतले जनाएको छ । रिर्पोट पोजेटिभ आएको भए पनी यहाको स्थानीय तह र स्वास्थ्य कार्यालय बाजुराले सम्बन्धीत बिद्यार्थीहरुलाई जानकारी नगराएका कारण उनिहरु समेत बिद्यालयमा हाजिर भएको मालिका माबिका सुचना अधिकारी शेर बहादुर रावलले बडिमालिका खवरलाई जानकारी दिएका छन ।
बिद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले भने प्रशासन र नगरपालिकाले लिखित जानकारी नगराएका कारण बिद्यालय बन्द नगरिएको बताएका छन । स्वाव संकलन कक्षा ८,९ र १० बिद्यार्थीहरुको गरिएको थियो ।
मालिका माबिका ४ जना बिद्यार्थी संगै सदरमुकाम मार्तडीमा अन्य १३ जनामा पनी कोरोना संक्रमीत रहेका छन । सबै गरी सदरमुकाम मार्तडीमा १७ जना कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार