बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • क्रिकेट
  • बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

  • बिहिबार, पुस २, २०७७
बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

काठमाडौं : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न सोमबार अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लागेका हुन्।

लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । बिग बास भने गत बिहीबारदेखि नै सुरु भइसकेको छ । क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले सुरुवाती छ खेल खेल्न नपाउने भएका छन्। । यस पटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन्।

लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेलेका थिए । उनले पछिल्ला दुई याममा २० खेल खेल्दै २६ विकेट लिएका थिए। उनी आबद्ध होबार्ट मंगलबार दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ । होबार्ट यसअघिका दुई खेलमा विजयी भएको थियो ।

हालसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए। रासस

 

चर्चामा

सम्बन्धित समाचार