शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • शिक्षा
  • बाजुराकाे जगन्नाथ गाउँपालिका सबै बिद्यालयमा बिद्युतीय हाँजीरी

बाजुराकाे जगन्नाथ गाउँपालिका सबै बिद्यालयमा बिद्युतीय हाँजीरी

  • मङ्लबार, मंसिर ३०, २०७७
बाजुराकाे जगन्नाथ गाउँपालिका सबै बिद्यालयमा बिद्युतीय हाँजीरी

बाजुरा — बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा रहेका सबै सामुदायीक बिद्यालयमा बिद्युतिय हाजिरीको ब्यबस्था गरीएको छ । गाउँपालिकाको शिक्षा क्षेत्रमा सुधार गर्न गाउँपालिकाले बिद्यलयको शैक्षिक सुधारका लागि बिद्युतिय हाजिर अपरिहार्य रहेकोले बिद्युतिय हाजिर मेशीन जडान गरिएको जगन्नाथ गाउँपालिका शिक्षा शाखाका प्राबिधीक सहायक दिपक भण्डारीले बताएका छन ।
शिक्षा क्षेत्रमा सुधार गर्न सो अबधारण ल्याएको र हाल ५ ओटा बिद्यालयमा बिद्युतिय हाजिर जडान भइसकेको छ भने बाकि बिद्यालयमा जडान कार्य भइरहेको प्राबिधिक सहयाक भण्डारीले बताएका छन् । यो आर्थिक बर्षमा माबि र निमाबिहरुमा बिद्युतिय हाजिर जडान गरिने र अर्को आर्थिक बर्षमा गाउँपालिका १७ ओटा बिद्यालयहरुमा सो ब्यबस्थापन गरिने उनले बताएका छन ।
बिद्यालयहरुको ब्यबस्थापन हुन सके गाउँको बिकाश हुने र शिक्षा बिना गाउँमा बिकाश नहुने भएपछि गाउँपालिकाले पालिका सबै बिद्यालयहरुलाई ब्यबस्थापन गर्न लागेको गाउँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताएका छन ।
बिद्यालय सुधार तथा गुणस्थतर बृद्धि गर्न हाल गाउँपालिकाले सबै भन्दा बढि बजेट शिक्षा क्षेत्र बिद्यालयहरुमा लगानी गर्ने कार्य रहेको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए ।
सामुदायिक बिद्यालयहरुको नतिजा पछिल्लो समय खस्कीदै गएकोले केही नियममा ल्याृउन बिद्यालयको अनुगमन तथा नितीगत रुपमा बिद्यालयको गुणस्थरका लागि स्वयम सेवक शिक्षकहरु पनि गाउँपालिकाले राखीसकेको गाउँपालिका अध्यक्ष शाहीले बताए । धनीहरुका छोराछोरी बोडिङ्ग स्कुलमा पढाउने र गरिवका छोराछोरीहरुको भबिस्य सामुदायीक बिद्यालयमा रहेकोले सामुदाकि बिद्यालयको गुणस्तर बृद्धिमा लागिरहेको र यसमा गाउँपालिका पछि नहटी काम गरिरहेको अध्यक्ष शाहीले बताए ।

चर्चामा

सम्बन्धित समाचार