• होमपेज
  • देश
  • ब्राउन सुगरसहित २ युवती र ३ पुरुष पक्राउ

ब्राउन सुगरसहित २ युवती र ३ पुरुष पक्राउ

  • आइतवार, मंसिर २८, २०७७
ब्राउन सुगरसहित २ युवती र ३ पुरुष पक्राउ

धनगढी: कैलाली प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको लम्किचुहा नगरपालिका–१ का २७ वर्षीय खगेन्द्र जैशी, सोही ठाउँका २५ वर्षीय सन्देश खत्री, जानकी गाउँपालिका–९ का २७ वर्षीय प्रकाश साउँद, जानकी गाउँपालिका–३ की १९ वर्षीया सबिना चौधरी र बर्दियाको गुलरियाकी १७ वर्षीया मुस्कान बिक रहेका छन्।

उनीहरुलाई आइतबार बिहान लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ थकालिपुर सी टोलबाट ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगरससहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख तथा प्रहरी निरीक्षक भरत शाहले बताए।

चर्चामा

सम्बन्धित समाचार