बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • रत्न माबि अङग्रेजी माध्यायमको चिसाे भुइँमा पढाई

रत्न माबि अङग्रेजी माध्यायमको चिसाे भुइँमा पढाई

  • आइतवार, मंसिर २१, २०७७
रत्न माबि अङग्रेजी माध्यायमको चिसाे भुइँमा पढाई

चक्र बहादुर अएडी — त्रिवेणी नगरपालिका वडा नम्र ९मा रहेको श्री रत्न माध्यामिक विद्यालय अन्तरर्गत प्राथमिक तहका विद्यार्थिहरुलाई चिसाे भुइमा अध्यान अध्यापन गरिरहेका छन । माध्यामिक तहमा प्रयाप्त भौतिक संरचना भएपनि प्राथमिक तहमा उचित भौतिक संरचना नहुदा पहिले देखि नै विद्यार्थिहरुलाई अध्यापन गराउन समस्या भएको प्राथमिक तहमा अध्यानरत बिद्यार्थीले  जानकारि दिएका छन ।

No description available.
प्राथमिक तहलाई बाल मैत्रि घोषण गरिएपनि विद्यार्थिहरुलाई बसाई व्यवस्थापन लगाएत अन्य कुरामा समस्या हुदै आएको छ । वि.स.२०७३ साल बाट अङग्रेजी माध्याम बाट अध्यापन सुरुगरिएको र अहिले कक्षा ४ सम्म संचाल भईरहेको जानकारि गराउदै कक्षा कोठा अभावका कारण विद्यार्थिहरुका गृहकार्य पनि हेर्न समस्या भएको प्रावि ईन्चार्ज जोगमेहर बुढाले बताए ।

No description available.
विद्यार्थिहरुको चाँप बढि भएकोले कक्षा कोठाहरु साना भएको शैक्षिक सामाग्रि प्रर्दशन गरेर पढाउन समस्या हुने गरेको शिक्षिका कुन्ति थापाले बताए । शिक्षिका थापाका अनुसार कोठाहरु अध्यारो भएका कारण पढाउन समस्या भएको वर्षा याममा चुहिएर पढाउन समस्या हुनेगरेको र हिउँदमा कक्षा कोठामा झ्याल ढोका नहुदा चिसोले झनै पढाउन समस्या हुने गरेकोे बताए ।
ईन्चार्ज बुढाका अनुसार पटक पटक आफुले व्यवस्थापन समितिलाई र स्थानिय नगर सरकारलाई जानकारि गराउदा पनि वेवास्था गरि त्यस तर्फ ध्यान नदिएको बताउनु भयो । उच्च शिक्षा हासिल गर्नको लागि त्यसको जग भनेको नै प्राथमिक तहलाई लिने गरिन्छ । बालमैत्रि नाम मात्रको र त्यसमा चाहिने माँपदण्ड नपुगेकोले अव त्यसमा चाहिने सम्पुण कुराको निरिक्षण गरि समयमा नै विद्यार्थिहरुको समस्यालाई समाधान गरिदिन हुन प्राथमिक तहले आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार