सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • येशु धर्मको प्रचार गर्ने थलाे बन्दै बाजुराकै नमुना मालिका माबि

येशु धर्मको प्रचार गर्ने थलाे बन्दै बाजुराकै नमुना मालिका माबि

  • आइतवार, मंसिर २१, २०७७
येशु धर्मको प्रचार गर्ने थलाे बन्दै बाजुराकै नमुना मालिका माबि

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको मालिका माद्यामिक बिद्यालय ईशु धर्मको प्रचारक बनेको देखीन्छ । मालिका नमुना माबिमा हरेक बिद्यार्थीले बिद्यालयका पाठ्यपुस्तक संगै धर्म प्रचारका कितावहरु बोकेर बिद्यालय जाने गरेको पाईएको छ ।
कक्षा ४ मा अध्यान एकै कक्षाका सबै बिध्यार्थीहरुको हातमा ईशुका शक्तिशाली सेवक मनुस्य हृदय र संसार भरिका बालिकाहरुसंग येशुको प्रचार नामक किताबहरु बोकेर लिदै गरेको बडिमालिका खवर संग एक बिद्यार्थीले बताए ।

No description available.
मालिका माबिमा अध्यायनरत कक्षा ४ का बिद्यार्थीकाे झाेलामा फेला परेका केही पुस्तकहरू

उनले भने हामीलाई हाम्रै स्कुलका एक सरले दिनुभएको हो यो किताव पढेमा ठुलो ज्ञान प्राप्त गर्न सकिन्छ भनेर दिएको हो उनले भने । कक्षा ४ मा अध्यानरत ति छात्रले भने हामीले हाम्रा किताव पढ्न त भ्याइ नभ्याइ छ किन पढ्ने भनेर उल्टै थर्काएर पढ्न लगाउछन उनले भने ।
यता मालिका माबिका प्रचार्य शुभराज पाध्यायले भने आफुलाई यस्तो कुरा नपुगेको बताएका छन । उनले भने बिद्यालयमा यस्तो धर्मका कुनै प्रचार गर्न मिल्दैन र पाठ्यक्रममा रहेका किताबहरु भन्दा बाहेक बिद्यालयले कुनै केही बितरण नगरेको बताए । प्रअ पाध्यायले भने यो कसले कसरी गर्यो र बास्तबिकता केहोे म बुझ्छु उनले भने ।

No description available.
मालिका माबिमा अध्यायनरत कक्षा ४ का बिद्यार्थीकाे झाेलामा फेला परेका केही पुस्तकहरू

मालिका माबिमा एक जना येशु धर्मका प्रचारक प्रमोद नेपाल भन्ने शिक्षक धर्मको प्रचार गर्दै हाम्रा बालबालिकालाइ बिगारेको अभिभावकको दुखेसो रहेको छ । केही समय अगि बिबादमा आएका शिक्षक प्रमोद नेपालको बिषयमा स्थानीय युवाहरुले बिद्यालयमा ध्यानाकर्षण समेत गरेका थिए तर पनी बिद्यालयले भने ति शिक्षकलाई संरक्षण गरि राखेको बुझिएको छ । यता स्थानीय समेतको बिद्यालयले कुरा नसुनेको अभिभावकको दुखेसो रहेको छ । शिक्षक प्रमाेद नेपालकाे बिषयमा पटक पटक यस्ता टिका टिप्पणीहरू अाइरहदा पनि बिद्यालयले भने संरक्षण गरिरहेकाे देखीन्छ ।

चर्चामा

सम्बन्धित समाचार