शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • मालिका माबिका शिक्षक टाेल शिक्षा दिन हाेइन, धर्मकाे प्रचार गर्दै हिड्छन

मालिका माबिका शिक्षक टाेल शिक्षा दिन हाेइन, धर्मकाे प्रचार गर्दै हिड्छन

  • शनिबार, साउन २४, २०७७
मालिका माबिका शिक्षक टाेल शिक्षा दिन हाेइन, धर्मकाे प्रचार गर्दै हिड्छन
धर्मकाे प्रचार गर्न बडिमालिका ७ सिराडीमा बाइबल अध्यान अध्यापन गराउदै धर्म प्रचारक प्रमाेद नेपाल तस्वीर : राम बहादुर बिक

बाजुरा जिल्लाकाे सदरमुकाममै रहेकाे मालिका उच्च माध्यामिक बिद्दालयका एक जना शिक्षक टाेल शिक्षा दिन भनेर पठाएकाे भए पनी उनी भने धर्मकाे प्रचार गर्दै गाउँ गाउँ पुग्ने गरेकाे पाइएकाे छ । मालिका माबिमा अध्यापन गराउदै अाएक शिक्षक प्रमाेद नेपालले यस्ताे गरेकाे पाइएकाे छ । उनलाइ टाेल टाेलमा बिद्यार्थीहरूलाइ पढाउन भनी बिद्यालयले पठाएकाे भए पनी उनले भने बाइबल किताव र गितार भिरेर धर्मकाे प्रचार गर्दै गाउँ डुल्ने गरेकाे अभिभावकहरूले बताएका छन ।

 विश्वव्यापी माहामारिका रुपमा फैलिरहेको कोरना भाइरसले गर्दा आर्थिक बर्षको ५ महिना वितिकाे  विद्यालयहरु बन्द भएकाे अबस्थामा बिद्यालयले गाउँ गाउँमा पढाउन शिक्षक खटाएकाे भए पनी पेशाका मर्यादा बाहिर गएकाे अभिभावकहरूले बताउने गरेका छन ।  शैक्षिक  बर्षको ५ महिना वितिसक्दा पनी विद्यालय बन्द रहेपछी विद्यार्थीहरु प्रत्यक्ष मारमा रहेकाे कुरालाइ मध्यनजर गर्दै टाेल शिक्षा कार्यक्रम अगाडी बढाएकाे र साेही अबसरमा जुन शिक्षा दिनुपर्ने थियाे त्याे नभएर अर्कै शिक्षा दिएकाेमा अभिभावकले अापत्ती जनाएका छन । तर यता भने ति दुरदराजका बालबालिकाहरुलाई पढाउछौ भन्ने बहाना गर्दै क्रिष्चियनहरुले स्वंयम गाँउमै गएर बालबालिकाहरुलाई पढाउनुको सट्टा उल्टै धर्मको प्रचार प्रसार गराइरहेका छन् ।

सदरमुकाम नजिकै रहेको बडिमालिका नगरपालिका वडा नं ७ सिराडीमा २ जना क्रिष्चियनले लकडाउनको मौका छोपेर धर्मको प्रचार गर्दै  गाँउका बालबालिकालाई पढाइ गराइरहेका छन् ।  कोरना भाइरसले आक्रान्त बनाइरहेका वेला क्रिष्चियनहरुले बालबालिकालाई कक्षा संचालन गर्नुपर्ने  समयमा उल्टै धर्मकाे अध्यायन गराइरहेको भन्दै आफ्नो धर्मको बारेमा प्रचार गराइरहेको त्यहाँका स्थानियहरुले बताएका छन् ।

 उक्त गाँउमा रहेका कक्षा १ देखी कक्षा ८ सम्मका करिव ५० भन्दा बढि बालबालिकालाई अध्यापन गराई क्रिष्चियन प्रमाेद नेपालले धर्मको प्रचार गराइरहेका स्थानीयले बताएका छन । क्रिष्चियन बालकृष्ण खड्का र राजु बिकले आफ्नो धर्मको बारेमा ५० भन्दा बढि बालबालिकाहरुलाई धर्मको बारेमा प्रचार गराइरहेको स्विकार गरेका छन ।

यता मालिका माबिका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिर्घराज पाध्यायले भने त्याे बिषयमा धेरै कुरा अाइसकेकाेले केही दिनमा बैठक बसेर छलफल गर्ने बताएका छन । साच्चिकै धर्मकाे प्रचारमा लागेका शिक्षकहरूलाइ निश्कासन समेत गर्न सकिने पाध्यायले बताए । यनले थपे हाम्राे देश धर्म निरपेक्ष हाे तर कुनै पद र सस्थाकाे नियम बिपरीत काम गरेकाे पाइएमा कार्बाही गर्ने बताए । अन्य समयमा जे गरे पनी बिद्यालय समयमा भने बिद्यालयकाे नियम बाहिर गरेकाे भए सरासर कार्बाही गरिने बताएका छन।

शिक्षक प्रमाेद नेपाल काठमाण्डाै निबासी हुन उनलाइ निजी शिक्षककाे रूपमा मालिकामा अध्यापन गराउदै अाएका छन । उनले  लयकाे काम भन्दा बाहिर धर्मकाे प्रचारमा बढि हुमीने गरेकाे पाइएकाे छ । उनले बालबालिकालाइ श्रममा समेत लगाउने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार