सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • डाेटिमा जीप दुर्घटना मृतकको संख्या ४ पुग्यो, वडा सचिबकाे पनि मृत्यु

डाेटिमा जीप दुर्घटना मृतकको संख्या ४ पुग्यो, वडा सचिबकाे पनि मृत्यु

  • आइतवार, मंसिर २१, २०७७
डाेटिमा जीप दुर्घटना मृतकको संख्या ४ पुग्यो, वडा सचिबकाे पनि मृत्यु
क्षतीग्रस्त जीप

डोटी–  डाेटिकाे बोगटान फुड्सिल गाउँपालिका ७ चवराचौतारामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । उपचारका लागी दिपायल तर्फ ल्याउँदै गर्दा मृतक मन्जु त्रिपाठीका ३ बर्षिय छोरोका मृत्यु भएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले बताईन । उपचारका लागी उपाध्यक्ष बमले बच्चालाई काखमा राखेर ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।
दिपालयबाट चवराचौताराका लागी हिडेको म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौताराका वडा सचिब (नायब सुब्बा ) बर्ष २८ की मन्जु त्रिपाठी र उनकी सासु आमा र ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका वडा नं ४ चनेकेसैन निवासी कृर्षि प्राबिधिक हरि भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर मल्लले बताए ।

चर्चामा

सम्बन्धित समाचार