बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शिक्षा
  • नेपाल खुल्ला विश्व विद्यालयले भब्य अन्तराष्ट्रिय सम्मेलन गर्दै

नेपाल खुल्ला विश्व विद्यालयले भब्य अन्तराष्ट्रिय सम्मेलन गर्दै

  • शनिबार, मंसिर २०, २०७७
नेपाल खुल्ला विश्व विद्यालयले  भब्य अन्तराष्ट्रिय सम्मेलन गर्दै

नेपाल खुल्ला विश्व विद्यालयले अमेरिकाको मोर्गन स्टेट विश्व विद्यालयसँगको सहकार्यमा यहि मंसिर २१ देखि २४ गते सम्म भब्य अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ ।माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणी पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न गरिने उक्त सम्मेलनको विशेष अतिथि म्यासाचुसेट इन्स्टिच्यूट अफ टेक्नोलोजी (एम.आइ.टी), लण्डन र एरिजोना विश्व विद्यालय,अमेरिकाका प्राध्यापक विश्व प्रख्यात दार्शनिक, संज्ञानवादी भाषाविद तथा समालोचक अब्राहम नोम चोम्स्कीलाइ बोलाइएको छ । नेपालको इतिहासमा यस्तो कार्यक्रममा उहाको सहभागिता पहिलो हो ।
२०२० स्टार सम्मेलन नाम दिइएको उक्त सम्मेलनको मुख्य सार ‘सेपिङ अ ह्युमन वल्र्डः ग्लोवल पर्स्पेक्टिभ्ज अन हाइअर एजुकेसन’  (Shaping a Human World: Global Perspectives on Higher Education)  रहेको छ । नेपाल खुल्ला विश्वविद्यालयका उप-प्राध्यापक खेमराज जोशीले जानकारी दिए अनुसार यस सम्मेलनमा सहभागिताको लागि नेपालका सबै विश्व विद्यालयका उप कुलपतिहरुलाई आमन्त्रण गरिएको छ । उक्त अन्तराष्ट्रिय सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मैत्री शिक्षण र वैश्विक महामारी कोविड १९ को विषम परिस्थितिमा अवलम्बन गरिएको शिक्षण रणनीति तथा शिक्षण अनुभवसँग सम्बन्धित विषयहरुलाई लिएर स्वदेशी तथा विदेशी विज्ञहरुको प्रस्तुति रहने छ । नेपालको सबै विश्वविद्यालयका साथै अमेरिका, भारत र संयुक्त अधिराज्य बेलायत लगायत विभिन्न देशका विश्व विद्यालयका प्राध्यापकहरु सम्मिलित यससम्मेलनमा जम्मा ८१ वटा समानान्तर प्रस्तुति, ७ वटा प्यानल डिस्कसन र ३ वटा किनोट प्रस्तुतिहरु गरिने छन । चार दिन सम्म चल्ने उक्त सम्मेलनमा अमेरिका निवासी नेपालीहरुको साँस्कृतिक कार्यक्रम पनि समाबेस गरिएको छ । सो कार्यक्रमको लागि सम्मेलनको वेबसाइटमा राखिएको जुम लिङ्कहरुमा क्लिक गरेर निशुल्क सहभागीहुन सकिने छ ।

चर्चामा

सम्बन्धित समाचार