बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाले घरमै पुगेर रति थापालाइ परिचय पत्र प्रदान

बडिमालिका नगरपालिकाले घरमै पुगेर रति थापालाइ परिचय पत्र प्रदान

  • बिहिबार, मंसिर १८, २०७७
बडिमालिका नगरपालिकाले घरमै पुगेर रति थापालाइ परिचय पत्र प्रदान

लक्ष्मीराज पाध्याय — बडिमालिका नगरपालिका ९ बस्ने ६१ बर्षका रति थापालाई नगरपालिकाले घरमै पुगेर अपांग परिचय पत्र दिएको छ । अन्तराष्ट्रिय अपांग दिवसको अबसर पारेर उनकै घरमा पुगेर क वर्गको अपांग परिचयपत्र दिएको बडिमालिका नगरपालिका महिला शाखा प्रमुख केशरी रोकायाले वताएकि छन् ।
बडिमालिका खबरले रति थापा अलपत्र परेको समचार प्रकाशित पछि नगरपालिकाका कर्मचारी र जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्मा, पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह सहित उनको अबस्था बुझन मंसिर पहिलो साता रतिको घरमा पुगेका थिए ।
रतिको अबस्था निकै दयनिय रहेको र उनलाई क वर्गको परिचय पत्र दिनुपर्ने अबस्था देखेपछि अन्तराष्ट्रिय अपांग दिवसको अबसर पारेर घरमै पुगेर क वर्गको परिचय पत्र दिएको बडिमालिका नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले वताए । नगरपालिकामै परिचय पत्र दिने हो उनको अबस्था जटिल र उनलाई बोकेर ल्याउने कोही नभएपछि घरमै गएर परिचय पत्र बितरण गरेको बिकले वताएका छन् ।
रति थापालाई अपांग परिचय पत्र घरमै प्रदान गर्न बडिमालिका नगरपालिका कार्यवाहक नगरप्रमुख राम बहादुर कार्की, निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक, महिला शाखा प्रमुख केशरी रोकाया, महिला शाखामा कार्यरत बिन्दु बडाल, शोभा शाह, पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह, बडिमालिका खबरका सम्पादक लक्ष्मिराज पाध्याय, बडिमालिका नगरपालिका ९ का सचिब गोरख थापा पुगेका थिए । रति थापाले खुशी हुदै भने सरकार मेरा लागि पनि रहेछ, सबैलाइ धन्यवाद समेत दिएका छन् ।
रति थापा अलपत्र परेको समचार प्रकाशित पछि रति थापालाई सहयोग प्राप्त भएको छ । त्यस्तै रति थापाको घर निर्माण समेत हुन लागेको बडिमालिका खबरका सम्पादक प्रकाश सिंहले वताएका छन् । रति थापा जन्मजात देखि अपांग रहेका उनि घरको एक्लो सदस्य रहेका छन् । बुढेशसकाल लाग्दै गर्दा उनि अहिले अलपत्र रहेको स्थानिय शिक्षिका मनि थापाले वताएकि छन् ।
आमाको १० बर्ष पहिला मृत्यु भएपछि उनि १० बर्ष देखि साहाराबिहिन बनेका छन् । बुवा अमर सिं थापाको मृत्यु भएको १६ बर्ष जति भयो, पछि आमा धनमति थापा सँग रहेका रति आमाको मृत्यु भएपछि उनि एक्लै रहेको मनि थापाले वताएकि छन् । रतिकि एउटा दिदि र एउटा बहिनि रहेकि थिईन् । जेठी दिदि लडेर मृत्यु भइसेको छ भने बहिनी लालीले बिहे गरिसकेकी छन् ।
रति केही बर्षपहिला अलि अलि यताउता गर्न सक्थे, तिन बर्ष देखि उनि थला पर्दै गएपछि अहिले अलपत्र अबस्थामा रहेका छन् । बाहिर भित्र र शौचालय पनि घ्रिसेर जाने गरेको स्थानियले वताएका छन् । रतिले रुदै भने कसैले दियो भने खानेगरेको छु, नभए भोकै बस्ने गरेको उनले वताएका छन् । चिसो मौसम शुरु भएको छ, लगाउने लुगा र ओडने ओछ्याउने केहि नभएको उनले वताएका छन् ।
राम्रो सँग खानलगाउन नपाएपछि उनमा कुपोषण समेत देखा परेको छ । शिक्षिका मनि थापाले भनिन्, कहिले काँहि आफुहरुले सहयोग गर्ने गरेका छौ, हाम्रो पनि घर टाढा भएकाले समस्या भएको उनले वताईन् ।सदरमुकाम मार्तडीमा नजिकै उनि बस्ने भएपनि उनको सहयोग र उद्धारमा कसैले चासो देखाएको छैन् । सरसफाई र सहयोग गर्ने कोही नहुँदा अलपत्र परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार