बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • प्रधानसेनापति पुर्ण चन्द्र थापा बाजुरा पुगेर जवान सँगै खाए खाना

प्रधानसेनापति पुर्ण चन्द्र थापा बाजुरा पुगेर जवान सँगै खाए खाना

  • बिहिबार, मंसिर १८, २०७७
प्रधानसेनापति पुर्ण चन्द्र थापा बाजुरा पुगेर जवान सँगै खाए खाना

बाजुरा — नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापाले बाजुरामा नेपालि सेनाका जवान सँगै खाना खाएर छलफल गरेका छन् । निरिक्षणका क्रममा बाजुरा पुगेका थापाले समरजित गुल्ममा जवान सँगै खाना खाएर समस्या र अबस्थाका बारेमा छलफल गरेको नेपालि सेनाले जनाएको छ ।
थापाले कर्णाली प्रदेश, शुदुरपश्चिम प्रदेशमा रहेका सेनाका गुल्म, गण र ब्यारेकको निरिक्षण गरेको नेपाली सेनाका प्रबक्ता सन्तोष बल्भ पौडेलले वताए । ब्यारेकमा पुगेर बस्तुस्थित बुझने, जवना सँगै खाना खाने, उनिहरुको बारेमा छलफल गर्ने र हौसला बढाउने उद्देश्यले निरक्षण गरेको प्रबक्ता पौडेलले बडिमालिका खबरलाई वताएका छन् ।
बिहिवार बाजुराको सदरमुकाम मार्तडीमा रहेको समरजित गुल्मको अनुगमनमा पुगेका थिए । उनि बाजुरा बाट अछामको मंगलसैनमा रहेको सेनाको ब्यारेकमा गएका छन् ।  चिफ साप आएर आफुहरुको भन्सामै खाना खाए, हामिहरु सँगै गफ गर्नु भयो छलफल गर्नु भयो यसले आफुहरुलाई हौसला बढेको सेनाले वताएका छन् ।
चिसो समयमा उच्च भागमा रहेका ब्यारेकको अबस्था र जवानले भागिरहेका समस्याका बारेमा अनुगमन र छलफल रहेको सेनाले वताएको छ । चिसो बढिरहेको छ, डाँडाहरुमा ब्यारेक रहेका छन्, त्यहाँको अबस्थाको बारेमा स्थलगत अध्यन गर्ने र जवानहरुलाई हौसला प्रदान गर्ने प्रधानसेनापतिको उद्देश्य रहेको नेपाली सेनाका प्रबक्ता पौडेलले वताएका छन् । सधैका बर्षमा सेनाका उच्च अधिकारीले भ्रमण गर्ने रहदै आएको सेनाले वताएको छ ।
देशमा राजनितिक स्थीरता सँगै राजावादी सलबलाइ रहेको बेला प्रधानसेनापतिको भम्रणलाई केहीले महत्वपुर्णका रुपमा हेरका छन् । बाजुरा प्रधानसेनापति पुगेको राजनितिकर्मी तथा अन्यले थाहापाइसके पछि चासोका साथ लिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार