शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाकाे मना गाउँलाई नमुना प्राङ्गारिक गाउँ बनाइने

बडिमालिकाकाे मना गाउँलाई नमुना प्राङ्गारिक गाउँ बनाइने

  • बुधबार, मंसिर १७, २०७७
बडिमालिकाकाे मना गाउँलाई नमुना प्राङ्गारिक गाउँ बनाइने

राजेन्द्र बिक —  बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न. ५, स्थित मना गाउँलाई नमुना प्राङ्गारिक गाउँ बनाइने भएको छ।नमुना प्राङ्गारिक गाउँ बनाउने अभियानका लागि उक्त गाउँ का स्थानीय संग पहिलाे चरणकाे अन्तरक्रिया कार्यक्रम संचालन गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रसाद जैशीले बताएका छन।

पहिलो चरणको अन्तरक्रियामा कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द सिजापती,सुचना अधिकारी मीन प्रसाद जैशी वडा अध्यक्ष बल बहादुर थापा,लगायत अन्य जनप्रतिनिधि सहित १सय५० जना स्थानीय कृषककाे उपस्थिति रहेको बताइएको छ। उपस्थित कृषकले आफ्नो गाउँ नमुना प्राङ्गारिक गाउँ बनाउन आबश्यक रहेको र त्यसमा आफुहरुले गर्नुपर्ने सबै काम गर्न प्रतिबद्ध भएर लाग्ने बताएको सुचना अधिकारी जैशीले जानकारी दिएका छन। कृषि ज्ञान केन्द्र बाजुरा काे अगुवाईमा नगरपालिका र वडा कार्यालयकाे सहयाेगमा याे अभियान अगाडि बढाईने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोभिन्द सिजापतीले बताए ।

स्थानीय कृषकले सहयोग गरि यो याेजना सफल भयाे भने केही महिना पछि त्यहांकाे बडिमालिका ग्राभिटि राेपवे वाट पानी हैन कृषि उपज ढुवानी हुने बिश्वास आफुले लिएको सुचना अधिकारी मीन प्रसाद जैशिले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार