शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा : बैक अगाडीबाट एक महिलाको पैशा चोरी गरेर भागेका युवक पक्राउ

बाजुरा : बैक अगाडीबाट एक महिलाको पैशा चोरी गरेर भागेका युवक पक्राउ

  • मङ्लबार, मंसिर १६, २०७७
बाजुरा : बैक अगाडीबाट एक महिलाको पैशा चोरी गरेर भागेका युवक पक्राउ

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा मंगलबार दिउसो बैक अगाडीबाट एक जना अपाङ्ग महिले भत्ता बुझेको पैशा चोर्ने एक युबक पक्राउ परेका छन । मंगलबार दिउसो राष्ट्रिय बाणिज्य बैकमा अपाङ्ग भत्ता बुझेर गेटमा रुपैया गिन्ती गरीरहेकी महिलाको हातबाट तानेर लिएर फरार रहेका युवकलाई प्रहरीले केही समयमै उनकै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले बताएका छन ।
बडिमालिका नगरपालिका वडा न ९ का परे चदाराका छोरा बर्ष अन्दाजी २१ देखी २२ का गोपाल बिक पक्राउ परेका हुन । उनले बडिमालिका नगरपालिका वडा न १ की भना कार्कीले उनकी छोरीको अपाङ्ग भत्ता बुझ्न आएकी र बुझिसकेको पैशा बैकं अगाडीबाट उनकै हातबाट तानेर भागेको थाहा पाएपछी रा बा बैकंको सिसि क्यामराका साथमा उनलाइ पक्राउ गरिएको प्रहरी प्रमुख महराले जानकारी दिएका छन । उनले भत्ताको ८ हजार बुझेर गनिरहेको र तानेर लगेको सिसी क्यामरामा देखीएको भिडीयो आधारमा ति युबकलाइ घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । ति युवक संग संगलग्न अर्का एक युवक पनी पक्राउ परेका छन उनी पनी साेही नगरपालिका गैरी बजारमा बस्ने प्रकाश बिक रहेकाे प्रहरीले जनाएकाे छ ।
उनले घरमा पुग्ने बित्तीकै चोरेर लिएको पैशा घरमा आफन्तको जिम्मा लगाएको र उनले हुलिया परिर्वतन गर्न खाज्दा प्रहरीले समातेको जनाएको छ । ति युवकले यस अघि पनी धेरै ठाउँमा चोरी गरेको रिर्पोट प्रहरीमा पुगेको प्रहरीले जनाएको छ ।
यो संगै जिल्लामा केही महिना यता चोरीमा संगलग्न ७० जना भन्दा बढि पक्राउ गरी आबस्यक कार्बाहीको दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार