बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देश आज नाङ्गेझार भयकोछ

देश आज नाङ्गेझार भयकोछ

  • आइतवार, मंसिर १४, २०७७
देश आज नाङ्गेझार भयकोछ

नारामा संसार जित्ने सिद्धान्तमा हारि सके,
उनैले हाम्रो देशको सम्पति नि नितारी सके।

आफ्नो स्वार्थ पुरागर्न शहिदको खेति गर्दा,
हजारौँ घरबार लाई समेत बर्वाद पारि सके।

बर्गशंघर्षका नारा घन्काउँदै हिँडेका हिँजो,
जातियता र क्षत्रियता मा जनता नारी सके।

जन्मिन्छन क्रान्तिकारी फेरी पनि देश भित्र,
साम्राज्यावादी ईसारामा क्रान्तिनै मारि सके।

सर्वहाराका कथाहरु नै पाँच तारेमा पुगेपछि,
ओडारबाट बासस्थान सिशमहल सारि सके।

कुटो कोदालो गरेर जिबिका चलाएका थिए,
झुट्टा सपना देखाएर गरिबका खेतबारी सके।

देश आज नाङ्गेझार भयकोछ युवा पलाएन,
देश दुनियाको प्रथम भ्रष्टचारीमा झारी सके।

चर्चामा

सम्बन्धित समाचार