शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • आज देशभर १३८० जना कोरोना संक्रमित थपिए

आज देशभर १३८० जना कोरोना संक्रमित थपिए

  • शनिबार, मंसिर १३, २०७७
आज देशभर १३८० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ५ सय १५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ।

आज देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ५४ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घन्टामा ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ।

चर्चामा

सम्बन्धित समाचार