मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा परिक्षणका लागि लगाएको गहुँ पाक्यो

बाजुरामा परिक्षणका लागि लगाएको गहुँ पाक्यो

  • शनिबार, मंसिर १३, २०७७
बाजुरामा परिक्षणका लागि लगाएको गहुँ पाक्यो

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका ७ ढम्कनेमा परिक्षणका लागि लगाएको पाक्न सुरु भएको छ । बेमौसमी बालीको रुपमा परिक्षण स्वरुप लगाएको  wk3027i र wk3027r  प्रजातीकाे गहुँ पाकिसकेको छ भने wk3026i  प्रजातीको गहुँ बाली पाक्न बाकी रहेको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

ब्यमाैसमी बाली कृषि ज्ञान केन्द्रको बीउ तथा प्राविधिक सहयोग र वडा कार्यालयको समन्वयमा परिक्षण कार्य गरिएको वडा अध्यक्ष पाध्यायले बताएका छन ।


सो बाली परिक्षणका लागि लगाएको बालि हो र बाली परिक्षण सफल भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । ब्यमौसमी बाली भएकोले केही चराले अलि नोक्सान गरेको ज्ञान केन्द्र बाजुराले जनाएको छ । बडिमािलका नगरपािलकाे सबै भन्दा उचाइमा रहेकाे ढम्कने क्षेत्रमा पनी साे परिक्षण सफल भएकाेले अब अालु खेतीकाे पनी परिक्षण गरिने ज्ञान केन्द्र बाजुराले जनाएकाे वडाअध्यक्ष पाध्यायले बताए ।

बहुवालिकाे परिक्षण सफल भएकोमा स्थानीय कृषकहरूले खुसी ब्यक्त गरेका छन । साथै  कार्तिकमा गहुँ पाकेको छ अब अालु  बाली पनी ब्यमाैसमी बनाउन कृषकहरूले अनुराेध समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार