बुधबार, बैशाख १२, २०८१

दस हाइकु

  • शुक्रबार, मंसिर १२, २०७७
दस हाइकु

१.गाह्रो छ भेट्न
निकै ठूलो आकार
मायाको अर्थ
२.
हुन्छु माहुरी
गमलाको गुलाफ
बन्नु ऐश्वर्य !
३.
गाऊ है गीत
राष्ट्रियताको हित
लगाऔं प्रित ।
४.
नेपाली झण्डा
चन्द्र र सुर्य अंकित
भिन्नै छ सान ।
५.
गर्जिन्छ सिहं
सिनोमा रम्छ गिद्ध
आहा माहुरी ।
६.
भिज्यो सिरानी
नयनको थोपाले
फुट्यो चट्टान ।
७.
जाग किसान
सुरु भो कृषि क्रान्ति
बनौ निर्भर ।
८.
सडको बास
कठ्यांग्रीदो छ चिसो
भोकै छ आन्द्रा ।
९.
अर्म र पर्म
गाउँघरको रीत
छिमेकी मिल्छ ।
१०.
एकान्त बस्ती
अर्को क्षेत्र स्वर्गको
यो जन्मभुमि ।

चर्चामा

सम्बन्धित समाचार