शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाले मार्तडीमा सुचना तथा मनोसामाजिक बिर्मश डेस्ककाे स्थापना

बडिमालिकाले मार्तडीमा सुचना तथा मनोसामाजिक बिर्मश डेस्ककाे स्थापना

  • बिहिबार, मंसिर ११, २०७७
बडिमालिकाले मार्तडीमा सुचना तथा मनोसामाजिक बिर्मश डेस्ककाे स्थापना

बाजुरा — १६ दिने लैङ्गिक हिंसा बिरुद्धको दिवसका अबसरमा जिल्ला सदरमुकाम मार्तडीमा सुचना तथा मनोसामाजिक बिर्मस डेस्कको स्थापना गरिएको छ ।
जिल्ला सदरमुकामको लोकतान्त्रीक चोकमा सो डेस्कको स्थापना गरिएको हो । जिल्लाका बिभिन्न ठाउँबाट आएका हिंसामा परेकाहरुका लागि र हिंसा न्युनीकरण गर्न सहयोग गर्नका लागि सो डेस्क स्थापना गरिएको बडिमालिका नगरपालिका महिला तथा बालबालिका शाखा निमित्त प्रमुख बिन्दू बडालले बताएकी छन । हिंसा परेका ब्यक्तिलाई परामर्श दिने साथै हिंसा न्युनिकरणका लागि सुचना प्रवाह गर्ने गरि डेस्कको स्थापना गरिएको बडालले वताएकि छन् ।
सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा युएन एफपिए लगायतका गैरसरकारी संस्थाको आर्थिक सहयोगमा सो डेस्क स्थापना भएको युएनएफपिएका बाजुरा संयोजक कृष्ण चौधरीले जानकारी दिएका छन । १६ दिने लैङ्गिक हिंसा दिवसको अबसरमा तयार गरिएको डेस्कमा १६ दिन सम्म सेभ हाउसका कर्मचारीहरुले त्यहाँ आउने सेवाग्राहीहरुलाई परार्मश दिने युएनएफपिए का चौधरीले बताए  ।
बडिमालिका नगरपालिकाकाले स्थापना गरेको डेस्कमा गैरसरकारी संस्थाको पनि सहयोग रहेको छ । परामर्श डेस्कको उदघाटन प्रतिनिधि सभाका सासंद लाल बहादुर थापाले गरेका छन् । थापाले परामर्श केन्द्र आबश्यक रहेको र यसले हिंसा परेकालाई ठुलो सघाउ पुग्ने वताएका छन् ।
बाजुरामा बुधवार देखि बिभन्न कार्यक्रम गरेर १६ दिने महिला हिंशा बिरुद्धको दिवस मनाइरहेका छन् । बाजुरामा सेभ हाउसमा हिंसामा परेका महिलालाई सेभ हाउसले संरक्षण सँगै न्यायका लागि वकालत गर्ने काम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार