बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • शिक्षा
  • नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धा जनवरी ९ मा हुने

नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धा जनवरी ९ मा हुने

  • बुधबार, मंसिर १०, २०७७
नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धा जनवरी ९ मा हुने

काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड (एनईओ) दोस्रो राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड २०२१ को कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोजकले दिएको जानकारी अनुसार क्षेत्रीय प्रतियोगिता जनवरी ९ अर्थात् (पौष २५ गते) हुने भएको छ । क्षेत्रीय र राष्ट्रिय गरी दुई चरणमा हुने प्रतिस्पर्धामा प्रथम चरण अर्थात् क्षेत्रीय छनोट कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाइन प्रविधिको प्रयोग गरेर सातै प्रदेशमा एकै पटक प्रतिस्पर्धा हुनेछ ।
सहभागी हुने विद्यार्थीहरुले आफ्नो घरबाटै इन्टरनेटको माध्यमबाट प्रतिस्पर्धमा सहभागी हुन पाउने व्यवस्था मिलाइने आयोजकले जानकारी दिएको छ । गत वर्ष क्षेत्रीय प्रतिस्पर्धामा ५० भन्दा बढी शैक्षिक संस्थाबाट करिब ३०० भन्दा बढी विद्यार्थी सहभागी भएकोमा यस वर्ष देशभर गरी करिब २०० शैक्षिक संस्थाबाट एक भन्दा बढी विद्यार्थी सहभागी गराउने आयोजकको लक्ष्य लिएको छ ।


जसबाट ६० जना सहभागीहरु राष्ट्रिय प्रतिस्पर्धाको लागि छनोट हुनेछन् भने राष्ट्रिय प्रतिस्पर्धाबाट उत्कृष्ट ५ जनाले २०२१ को अन्तर्राष्ट्रिय अर्थशास्त्र ओलम्पियाडमा सहभागी हुने मौका पाउने छन् । राष्ट्रिय प्रतिस्पर्धा पनि अनलाइन प्लेटफर्ममा २०२१ को मार्च १९ देखि २१ गतेसम्म ३ दिन हुने संस्था कि सूचना प्रमुख सुप्रिया महर्जन सापकोटाले जानकारी दिएका छन् ।

यस प्रतिस्पर्धा हाइस्कूल वा सो सरहमा अर्थशास्त्र, वित्तिय र व्यवस्थापन अध्यनरत र यसमा रुचि राख्‍ने विद्यार्थीहरूका लागि नेपाल कै सबैभन्दा ठूलो प्रतिस्पर्धा भएको जानकारी संस्थाका अध्यक्ष अर्जुन सापकोटाले दिएका छन् ।

वर्ष २०१९ मा रूसको सेन्टरवर्ग मा आयोजित ओलम्पियडमा नेपाल बाट पहिलो पटक सहभागी हुँदा यक कास्य जित्न सफल भएको थियो भने गत वर्ष २०२० मा काजाका स्थानको नुर सुल्तान सहरबाट कोभिडको कारण अनलाइन आयोजित अन्तरास्ट्रिय ओलम्पियडको दुइ कास्य जितेर कीर्तिमान राख्न सफल भएको थियो।
वर्ष २०२१ जनवरी ९ मा हुन गइरहेको क्षेत्रीय छनोटमा सहभागी हुन इच्छुक सुदुरपश्चिमका कक्षा ११ र १२ मा इकोनोमिक्स अध्यनरत बिद्यार्थी भाईबहिनी हरुले तल दिएको नम्बरमा सम्पर्क गर्नुहोला।
फोन न. 9867061627 प्रादेशिक हेड न.9840356758
सुदुरपश्चिम प्रदेशका प्रमुखसंग पनि सम्पर्क राख्न सक्नु हुनेछ।
सुदुरपश्चिम प्रमुख -चन्द्रदेव खनाल BBS 4th year NCC फोन न. 9840356758
इमेल – Chandradev Khanal 6 @ gmail.com

चर्चामा

सम्बन्धित समाचार