शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • सदरमुकामका प्रयोग बिहिन सार्बजनिक शौचालय

सदरमुकामका प्रयोग बिहिन सार्बजनिक शौचालय

  • मङ्लबार, मंसिर ९, २०७७
सदरमुकामका प्रयोग बिहिन सार्बजनिक शौचालय
फाइल तस्विर

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाममै रहेका सार्बजनिक शौचालय प्रयोग बिहिन रहेका छन । २०७१ सालमा खुला दिशा मुक्त गरिएको बाजुरा जिल्लाको सदरमुकाममा हाल जताततै दिशापिशाव देखीन थालेको छ ।
सरोकारवाला निकाएको ध्यान नजादा २०७१शालमा बनेका शौचालय पनी केही जिणर् अबस्थामा रहेका छन भने केही शौचालयको संरक्षण नहुदा प्रयोग बिहिन बनेका छन । बजार ब्यबस्थित नहुदा व्यापारी तथा बजारमा आएका ग्राहकहरु सास्ती भोग्न बाध्य भएका छन ।
सदरमुकाम मार्तडीमा सार्बजिन शौचालय नहुदा जिल्लामा आउने जुनसुकै ब्यक्तीले कुनै होटलमा खाजा आएर मात्रै होटलको शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको एक स्थानीयले बताए ।
सदरमुकाममा बसपार्कमा जती मान्छे ओर्लिन्छन ति सबैले खुला दिशा पिसाव गर्न बाध्य भएको अर्का एक यात्रुले बताए । उनले भने बसहरुमा कतै रोकीदिदैन बिहानको समय हुन्छ बसपार्कमा बसबाट झरेर शौच गर्ने मन लागेको हुन्छ कतै शौचालय नदेखेपछी बाध्य भएर खुला दिशा पिशाव गर्न बाध्य भएका छन उनले बताए ।
स्थानीय तहहरुको ब्यवास्थाका कारण जिल्ला फेरी २०७१ साल भन्दा अगडी फर्किन सक्ने भन्दै केही गैर सरकारी संस्थाहरुको पहलमा अगाडी बढेर जिल्लालाई स्वास्थ्थ तथा सरसफाई युएन हेबिटेले बडिमालिका नगरपालिका र सदरमुकाम मार्तडी क्षेत्रमा रहेका सार्बजनीक शौचालयहरुको पुन संचालनका लागि पहल भइरहेको युएन हेबिटेड बडिमालिका नगरपालिकाका कार्यक्रम संयोजक बिरेन्द्र रावलले बताए ।
नेपालकै सोह्रौं जिल्लाको रुपमा बाजुरा जिल्ला २०७१ मंसिर १२ गते जिल्ला खुला दिशामुक्त घोषणा गरिएको थियो । त्यहि समयमा सदरमुकाम लगायत जिल्लाका ब्यापारीक केन्द्र आशपासका सबै सार्बजनिक शौचालयहरु जिण तथा संरक्षणको अभावमा रहेका सबै शौचालय तथा सरसफाईमा स्थानीय तहको चाडै ध्यान जावस ।

चर्चामा

सम्बन्धित समाचार