बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • हे धर्ती माता स्वीकार गर मलाई (कविता )

हे धर्ती माता स्वीकार गर मलाई (कविता )

  • शुक्रबार, मंसिर ५, २०७७
हे धर्ती माता स्वीकार गर मलाई (कविता )

हे धर्ती माता स्वीकार गर मलाई
तिमी संगै माटो बनि मिसीनु छ
नछुटि पानी र यो लास संगसगै बहनु छ
म हारे आमा
आफ्नैसंग युद्ध लडु कसरी?
म थाके आमा आफैसंग भिक माग्दै
बोझ बनु कति?
त्यो हावासंगै उडाइ देउ मलाई
नराख कुनै निशान
म दह त्यागी दिन चाहान्छु
यो आत्मालाई बोकी सदा
तिम्रै संगीनी बन्न चाहान्छु//

चेतना नदिएको भए म ठेससंग
सत्रक रहने थिएन
गुनासो छैन कुनै जे पाए सौख
खुशीले मनाए
प्रिय जननी माते तिमीसंगै
जोडीएकी नभए म यो बिन्ति भाग्ने थिएन
हिजै अटुट नाता लिए तिमी संग
भागेर कता जाउ आज
अमर त स्वयंम हु
त्यो मिती भागमा मागु कसरी?
अरोबौ असान्त यी अनुहार केवल
तिम्रै त हुन
शिरबिन्दी चन्दन हार
यी सबै तिम्रै त हुन//

बिभाजन मसंग हैन तिम्रा भागका
धनदौलात
मलाई लैजाउ तिमीसंग
बा आमालाई माटै बनी बाली उब्जाउला
आफ्ना सबैलाई थोरै बढी सघाउला
मेरी प्यारी उनको तिर्खा
पानी बही मेटाउला
हे धर्ती माता स्वीकार गर मलाई
तिमी संगै माटो बनि मिसिनु छ
नछुटी पानी र यो देह संगसंगै बहनु छ//

चर्चामा

सम्बन्धित समाचार