बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • दशैँ तिहार अप्रेशन : सुपमा १४ लाख २० हजार सहित १११ जुवाडे पक्राउ

दशैँ तिहार अप्रेशन : सुपमा १४ लाख २० हजार सहित १११ जुवाडे पक्राउ

  • शुक्रबार, मंसिर ५, २०७७
दशैँ तिहार अप्रेशन : सुपमा १४ लाख २० हजार सहित १११ जुवाडे पक्राउ
फाइल तस्विर

सुदूरपश्चिममा दशैँ तिहारका बेला जुवाडेबाट १४ लाख बढि राजश्व संकलन गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले कैलाली, कञ्चनपुर, अछाम र बझाङ लगायतका जिल्लाबाट गरी दशैँ तिहारका बेला जुवाडेबाट १४ लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको जानकारी दिए ।

उनका अनुसार गत असोज २५ गतेदेखि हालसम्म प्रदेशभर १ सय ११ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ परेकाहरुमाथि कानून बमोजिम मुद्दा चलाईएको प्रहरी वरिष्ठ उपरीक्षक सिहले बताए । सबैभन्दा धेरै कैलालीमा जुवातास सम्बन्धिका ६ वटा मुद्दा, अछाममा २, कञ्चनपुर र बझाङमा १/१ मुद्दा चलेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले चाडपर्वका बेला हुने आर्थिक अपराध नियन्त्रण गर्ने योजना अनुसार जिल्ला प्रहरी कार्यालय, सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह र मातहतका कार्यालयबाट खटिएका टोलीले नगदसहित जुवाडेलाई पक्राउ गरिएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार