शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पर्यटन
  • माछापुच्छ्रे, बेगनास र रुपातालको सुन्दरता नियाल्दा, तस्बिरमा हेर्नुहोस्

माछापुच्छ्रे, बेगनास र रुपातालको सुन्दरता नियाल्दा, तस्बिरमा हेर्नुहोस्

  • सोमवार, मंसिर १, २०७७
माछापुच्छ्रे, बेगनास र रुपातालको सुन्दरता नियाल्दा, तस्बिरमा हेर्नुहोस्

गत वर्ष ठ्याक्कै यतिबेला पोखरामा आन्तरिक तथा बाह्य पर्यटहरुको घुइँचो थियो । तर, विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण यो वर्ष पर्यटकीय गतिविधि शुन्य छ । कहिले महामारी हट्ला र पुरानै अवस्थामा पर्यटकीय गतिविधि फर्केला भन्ने पर्खाइमा सरोकारवाला देखिन्छन् ।

नेपाल आउने विदेशी तथा आन्तरिक पर्यटककै पनि आकर्षक गन्तव्य हो, पोखरा । यहाँका ताल, गुम्बा, गुफा, हिमाललगायतले पर्यटकलाई मोहनी लगाउने गरेको छ । हवाई र स्थल मार्गबाट सहजै पुग्न सकिने पोखरामा अहिले सबैथोक भएर पनि घुम्न आइदिने पर्यटक छैनन् । उसो त बेगनास र रुपाताल वरपर अहिले झन् सुनसान जस्तै छ । रुपा गाउँपालिका प्रवेश गर्ने नाकामा भएको कडाईले पनि यति बेला बाह्य मानिसलाई त्यस क्षेत्रमा प्रवेश गर्न सहज छैन भन्ने आभास हुन्छ ।

तर, बेगनास र रुपाताल पनि कम मनमोहन छैन । रुपा गाउँपालिकाको वडा नम्बर ६ बाट देखिने मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैमा एक प्रकारको खुसी सञ्चार गर्दछ । बेगनास, रुपातालका साथै माछापुच्छ्र्रे हिमशृखंलाको सुन्दरताले मुखबाट ‘वाह !’ शब्द कस्को ननिस्केला र !

सरोकारवाला निकायले चासो नदिँदा पोखरामा जस्तो रुपा गाउँपालिकामा पर्यटकीय गतिविधि हुन नसकेको रुपाकोट रिर्सोटका संंचालक पुष्पराज अधिकारीले बताए ।
‘बेगनास र रुपाताललाई संरक्षण गरेर पर्यटकीय क्षेत्रको रुपमा थप विकास गर्ने हो भने यस क्षेत्रमा आमुल परिर्वन हुन्छ,’ अधिकारीले भने ।

चर्चामा

सम्बन्धित समाचार