शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका स्थानिय तहले कोभिड अस्पतालका लागि चिकित्सक पाएनन्

बाजुराका स्थानिय तहले कोभिड अस्पतालका लागि चिकित्सक पाएनन्

  • शनिबार, कार्तिक २९, २०७७
बाजुराका स्थानिय तहले कोभिड अस्पतालका लागि चिकित्सक पाएनन्

बाजुरा–नेपाल सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएको स्थानिय तहमा अस्थायि कोभिड अस्पताल बनाउनका लागि सबै स्थानिय तहमा बजेट सहित निर्देशन गरेको थियो । तत्काल तिन महिनाका लागि बजेट ब्यबस्थापन सहित बाजुराका ७ स्थानिय तहमा संघिय सरकारले १० लाखका दरले पठाएको थियो ।
बाजुराका ९ स्थानिय तहमा ७ स्थानिय तहमा अस्थायि कोभिड अस्पताल स्थापना गर्नका लागि बजेट पठाएको भएपनि ७ ओटै स्थानिय तहले एकजना चिकित्सक पनि नपाएको वताएका छन् । सरकारले कोभिड अस्पतालका लागि एकजना मेडिकल अधिकृत, दुईजना स्टाफ नर्स, एकजना ल्याब टेक्निसियम र एकजना कार्यलय सहयोगि राख्नका लागि बजेट सहितको ब्यबस्थापन गरेको थियो । ७ वटै स्थानिय तहले १ महिनाको बिज्ञापन गरेको भएपनि एकजना चिकित्सकले बिज्ञापनमा दरखास्त नदिएको स्थानिय तहले वताएको छ ।
सात ओटै स्थानिय तहले पहिलो पटक एक महिनाको सुचना प्रकाशित गरेर समय समेत सकिसकेको छ । बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले भने एक महिनाको सुचना निकाल्यौ तर १ जना पनि सम्पर्कमा नआएकोे वताए । सरकारले नेपाल सरकारको तलब स्केलमा बजेट पठाएको छ, तर मेडिकल अधिकृतले न्युनतम १ लाख भन्दा बढि माग्ने गरेको शाहले वताए ।
बडिमालिका नगरपालिकामा जिल्ला अस्पताल रहेको छ भने बुढिनन्दा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । यी दुबै ठाँउमा मेडिकल अधिकृत रहेका छन् । गौमुल गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले भने पत्रिका मार्फत बिज्ञापन पनि गरयौ, ब्यक्तिगत रुपमा खोजी गरेपनि कतै पनि मेडिकल अधिकृत नपाएको वताए । गाँउपालिकाले थप बजेटको ब्यबस्थापन गर्ने भनेपनि चिकित्सक नपाएको रोकायाले वताएका छन् ।
स्वामिकार्तिक गाँउपालिकाले दोस्रो पटक सुचना निकालेको भएपनि एकजनाको दरखास्त नपरेको गाँउपालिकाले जनाएको छ । स्टाफ नर्स र अन्य कर्मचारी भर्ना गरिसकेको स्थानिय तहले वताएका छन् । संघिय सरकारले पहिलो पटक ३ महिनाको लागि १० लाख पठाएको छ । ४ लाख ५० हजार तलब खर्च र ५ लाख ५० हजार अस्थायि कोभिड अस्पताल ब्यबस्थापनका लागि बजेट पठाएको हिमाली गाँउपालिका निमित्त प्रशासकिय अधिकृत जनक बहादुर शाहिले वताएका छन् ।
बाजुरामा कोरोनाको चेकजाँच नभएपनि स्वाब संकलन गरेर जिल्ला बाहिर पठाउन गरेका छन् । जिल्लामा अहिले सम्म संक्रमितको संख्या ५ सय ९२ पुगेको छ भने २ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय बाजुरामा सरकारले कोरोना बाट बच्नका लागि कुनै पनि सुरक्षा अपनाएको छैन् । बाजुरा अहिले कोरोनाको उच्च जोखिममा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार