बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • तिहारको शुभ कामना -लघुकथा!

तिहारको शुभ कामना -लघुकथा!

  • शनिबार, कार्तिक २९, २०७७
तिहारको शुभ कामना -लघुकथा!

सुरेशकुमार पान्डे।
खिर टपरिमा रख्दै लक्ष्मिले कौवालाई डाक्दै थिईन भाईर आगनिमा तर कौवा कतै काँ-का पनि गरेको शुन्निदैन।भो रहन देउ आफै आएर खान्छन तिमि त्यँहा उभ्भिएपछि कौवा कसरी आउँछ?बन्दै रजनिशले लक्ष्मिलाई भित्र बोलाउँछ।आफुले भने धेरै लामू तोरन बाट्दै थियो।खै कौवापनि कतै मरिसकेछन कि क्याहो?भन्दै लक्ष्मि भित्र पस्छिन।
तपाँईले पनि कति दुःख गर्नु हुन्छ!रमेशका बुबा यति लामू तोरन भयता भैहाल्योनी!लक्ष्मिले रजनिसलाई तोरन बाटि रहेको देखेर भन्छिन।खै बुढो मान्छेलाई पनिकती दुःख गर्ने मन लागेको हो।धेरै लामू बाटेर धेरै धर्म लाग्छर?बुढा लक्ष्मिले रजनिस सँग भन्छिन।मैले यो धर्म गर्न लाई होईन मात्रै सोक हो मेरो यो।मलाई कत्ति थाहाछैन तोरन किन र केका लागि बाट्छन।चल्दै आएको रिति परम-पराले मलाई पनि त थोर धेरै प्रभावमा लिएकोछ।
खै के दिपावली मनाउँनुछ छोरा खाडीमा गएकोछ,आर्को छोरा छिमेकीको फौजमा मा चीनको बौडरमा छ कति बेला चैनिजहरुको गोलिको सिकार हुँने हो कान्छो छोरा त्यो सउदीमा उँट चराउँछ भन्छन।हो न आफु आयो न पैसा पठायो।छोरीहरु आ-आफ्ना घर छन खै तिहारमा पनि आएनन।यस्तो अबस्थामा के तिहार के दँशै गरिबको लागि। रजनिशले गन-गन गर्दै आपबिती शुनाउँछ।म पनि माईत नगयको धेरै बर्ष भए!अहिले जाम्ला भनेकी खै यो अबस्थामा पनि कता जानेर शुभ कामना पठाई दिएँ!भन्दै लक्ष्मि दलान बाट भित्र पस्छे।अहिलको तिहार पनि के तिहार जता ततै करोनाले मान्छेहरु दिनोदीन मरेकाछन मुहार पुस्तिका खोलेर बसे पछि कयौँ लाई श्रद्धाञ्जली र कयौँलाई स्वास्थय लाभको कामना दिँदा घन्टौ बित्छ!रजनिशले दलान बाट भन्छ।उस्लै अहिलेपनि तोरन बाट्दै थियो।आज भोली ता सजिलो भयो मिडियामा एकछिनमै सबै थाहा हुँन्छ!लक्ष्मिले चिया टकार्दै भन्छे।
एकछिन पछि पातको मुठो लिएर दलानमा रजनिसको नजिकै टपरि खुट्न बस्छे।अब रजनिसले तोरन बाट्न छाडेर चिया पिउँदै थियो।अब हामि कतै जानेकुरा भैन बुढा फेशबुक खोलेर सबैलाई शुभ कामना लेखेर पठाउ है!मेरा माईतिलाई पनि पठाई दिनु!लक्ष्मिले भन्छिन।खै कुकुर तिहार,कौवा तिहार, गोरु तिहार अनि गाई तिहार सबैका तिहार मनाउँदा त खुसि लाग्यो जब आफ्नो तिहार आयो आँखै भरी सबैको आँसु छि मान्छेको जात!लक्ष्मिले आफ्ना बाटै गन-गन गर्छे।
रजनिशले मुहार पुस्तिका खोलेर सबैलाई तिहारको शुभ कामना दिँन थालेको थियो।एकन्ताक घरभरी छोरा छोरी हुँन्थेर पो तिहार आए जस्तै लाग्थ्यो अहिले को यो तिहार त खै तिहार जस्तै भैन!रजनिशले भन्छ।उता लक्ष्मि पनि न सुन्याँझै गरेर टपरी खुटि रहेकथिई यता रजनिश शुभ कामना पठाउँनमा ब्यास्थ थियो।

चर्चामा

सम्बन्धित समाचार