शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • नाती लाई कोसेली

नाती लाई कोसेली

  • बुधबार, कार्तिक २६, २०७७
नाती लाई कोसेली

मेरो नातीको कोठामा तरकारीको सार्है अभाव छ
भन्ने कुरा,
हजुरबुबा ले पहिल्यै नै थाहाँ पाएर
वृद्ध भएको आफु त्यो वृद्ध नै भएको
थाक्रोमा फलेका केहि तरकारी
टिपेर नाती लाई कोसेली स्वरुप केही पठाइदिएका हुन।

मेरो नातीलाई चटपट खुव मन पर्छ
भन्ने कुरा,
हजुरआमा ले पहिल्यै नै थाहाँ पाएर
वृद्ध भएकी आफु त्यो वृद्ध नै भएर
पनि फल दिइ रहेको खुर्सानी को बोट सम्म
घिस्रिदै घिस्रिदै गएर
नाती लाई कोसेली स्वरुप खुर्सानी पठाईदिएकि हुन।

मेरो नातीलाई गोला गोला
बिचमा सानो दुलो भएको सेल रोटी खुब मन पर्छ
भन्ने कुरा,
हजुरआमा ले पहिल्यै नै थाहाँ पाएर
वृद्ध भएकी आफु त्यो वृद्ध नै भएर
दाँत सारा खसिसकेको “ढिकी” मा
सकि नसकि भिजेका चामल
एउटा हाल ले घान लगाई लगाई त्यो वृद्ध भएको ढिकी मा पिसेको चामलको रोटी
नाती लाई कोसेली स्वरुप पठाईदिएकि हुन।

मेरो नातीको कोठामा छोराले अड्कलेर दिएको
पैसाले कहिले काँही पुग्दैन
भन्ने कुरा,
हजुरबुबा ले पहिल्यै नै थाहाँ पाएर
वृद्ध भएर आफुलाई वृद्धा भत्तामा
आएका केही पैसा जोगाई जोगाई राखेर
आज त्यहि जोगाएर राखेका पैसा
नाती लाई कोसेली स्वरुप पठाईदिएका हुन।

मेरो नातीलाई पाकेको भुइँकटहर खुव मन पर्छ
भन्ने कुरा,
हजुरआमा ले पहिल्यै नै थाहाँ पाएर
वृद्ध भएकी आफु त्यो वृद्ध नै भएको काँडे झाडीमा
रहेको त्यो वृद्ध भुइँकटहरको बोट सङ्ग एउटा भुई कटहर
सापटी लिएर
नाती लाई कोसेली स्वरुप पठाईदिएकी हुन।

मेरो नातीले खाना ज्यादै कम खान्छ
भन्ने कुरा,
हजुरबुबा ले पहिल्यै नै थाहाँ पाएर
यो सारा कोसेली लिएर म कहाँ आईदिने
पल्ला घरे दिदीलाई
वृद्ध भएका मेरो हजुरबुबालाई वृद्धाश्रम मा
हजुरबुबा लाई भेट्न आउने ले ल्याइदिएका
सारा गुलिया गुलिया मिठाई
यो मेरो नातीलाई कोसेली स्वरुप लगिदिनु भनेर पठाएका हुन्।

आफ्नो छोराले वृद्धाश्रम लगेर र
छाडेर आए पनि मन त हाम्रो उसको छोराछोरी प्रति नै हुन्छ।
(एक हजुरबुबा को गुनासो)

चर्चामा

सम्बन्धित समाचार