शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा यूनेस्को र पीसविनद्धारा राहात सामग्री वितरण

बाजुरामा यूनेस्को र पीसविनद्धारा राहात सामग्री वितरण

  • बुधबार, कार्तिक २६, २०७७
बाजुरामा यूनेस्को र पीसविनद्धारा राहात सामग्री वितरण

बाजुरा — कोभिड १९ ले समस्यामा परेका बाजुरा जिल्लाका ३ सय ९३ परिवारलाई यूनेस्कोको साझेदारीमा पीसविन बाजुराले राहात सामग्री वितरण गर्ने कार्य सम्पन्न गरेको छ । सन् २०१८ / २०१९ मा बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका, बुढिगंगा नगरपालिका र खप्तड छेडेदह गापाका संचालन भएका जम्मा १९ वटा साक्षरता कक्षाका सहभागी र सहजकर्ताहरुलाई नेपाल सरकारको राहत वितरण निर्देशिका अनुरुप खाद्यान्न र सरसफाईका सामग्री वितरण गरिएको हाे ।

कार्तिक २२ देखि सूरु गरिएको वितरण कार्यक्रम २४ गते सम्पन्न भएको पिसवीन बाजुराका कार्यक्रम प्रबन्द्धक जुद्ध रावलले बताएका छन । जिल्लाका त्रिबेणी नगरपालिकामा नगर प्रमुख रामसिह रावल, वडा अध्यक्ष विर बहादुर विष्ट, मिनबहादुर भण्डारी, मनराज बुढा लगायतका स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा ५ वटा केन्द्रमा राहात वितरण गरिएको कुरा पीसविनका कार्यक्रम प्रबन्धक रावलले बताए ।

यसै गरि बुढिगंगा नगरपालिकामा नगर उप प्रमुख तारा खातीको संयोजकत्वमा वडा अध्यक्ष हिरालाल थापा, भुवन केसी, धर्मराज जोशी, खडक बहादुर अधिकारी, ललित थापा लगायतका जनप्रतिनिधिको रोहबर र खप्तड छेडेदह गाउपालिकामा वडा अध्यक्ष हर्क बहादुर रावत, मिनबहादुर शाही वडा सदस्य लालबहादुर खड्का मानबहादुर विष्ट लगायतका स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा वितरण गरिएको कुरा पीसविनका खडग राज जैशीले बताए ।


राहात वितरण बाट प्रतक्ष्य रुपमा ३९३ जना महिला उनिहरुका बालबालिका र किशोरीहरु लाभाविन्त भएका छन् । यो कार्यक्रमले स्थानीय सरकारको समन्वयमा संचालन गरेकोले स्थानीय सरकारलाई पनि राहत भएको छ साथै यस्को लागि सहजीकरण गर्ने पीसविन र यूनेस्कोलाई  धन्यवाद दिएका छन् भने आगामी दिनमा कक्षा निरन्तर गर्नु पर्ने र आयआर्जन लगायतका क्षेत्रमा समेत काम गर्नको लागी जनप्रतिनिधी र सहभागीबाट सल्लाह सुभाव समेत आएको  प्रबन्धक रावलले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार