बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • हुम्लाको ताजाकोटका बाढीपहिरो पिडितलाइ बडिमालिका खबर द्धारा राहत बितरण

हुम्लाको ताजाकोटका बाढीपहिरो पिडितलाइ बडिमालिका खबर द्धारा राहत बितरण

  • मङ्लबार, कार्तिक २५, २०७७
हुम्लाको ताजाकोटका बाढीपहिरो पिडितलाइ बडिमालिका खबर द्धारा राहत बितरण

हुम्ला–हुम्लाको बिकट ताजाकोट गाँउपालिका बाढीपहिरो पिडितलाई  बडिमालिका खबर द्धारा राहत बितरण गरिएको छ । ताजाकोट गाँउपालिका ४ उर्तेसेनिका पिडित २३ दलित परिवारलाई राहत बितरण गरिएको गाँउपालिका उपाअध्यक्ष मञ्जु बुढाले वताएकि छन् ।
हुम्लाको ताजाकोटमा बाढीपहिरो बाट बिच्चली समचार बडिमालिका खबरमा समचार प्रकाशित पछि देश बिदेश बाट सहयोग भएको रकम बाट राहत साम्रागि बितरण गरिएको हो । २३ परिवारलाई ४० केजीका दरले चामल बितरण गरिएको गाँउपालिकाले बताएको छ ।
समचार प्रकाशित पछि जापान बस्ने हेमा गुरुङ्गले ३० हजार, समाजसेवि सम्राट सिं बस्नेतले २० हजार, १६ पटक सगरमाथा आरोहि जाङगु शेर्पाले १० हजार र बडिमालिका मिडिया हाउसको २५ हजार गरि ८५ हजार बराबरको राहत बितरण गरेको बडिमालिका मिडिया हाउसको लक्ष्मिराज पाध्यायले वताए । राहत साम्रागि बडिमालिका खबरका सम्पादक प्रकाश सिंह, अनलाइन सम्पादक लक्ष्मिराज पाध्याय राहत लिएर हुम्ला पुगेका थिए ।
तिहारको मुखमा खाद्यन्न सहयोग पाँउदा ठुलो सहयोग भएको स्थानिय रनबिर सार्कीले वताएका छन् । अहिले पनि २३ परिवार घर छोडेर चौरमा पाल टागेर बसिरहेका छन् । बिस्थापित भएको बेला केही थोरै पाल भाडाकुडा पाएको भएपनि राहत नपाएको रनबिरले वताएका छन् । भएको जग्गा जमिन पनि पहिराले चिराचिरा बनाएको छ । घरपनि बस्ने अबस्था छैन्, चौरमा पाल टागेर बसेको सगुने सार्कीले वताए ।
बाढीपहिरो बिस्थापित परिवारमा चरम खाद्य संकट शुरु भएको छ । हुम्लाको सदरमुकाम सिमकोट बाट चार दिन पैदल दुरीमा दक्षिण क्षेत्रमा ताजाकोट पर्ने गरेको छ । नेपालकै दुर्गम ठाँउमा रुपमा रहेको छ । साउन २१ गते आएको बाढीपहिरोले ताजाकोट गाँउपालिका धेरै गाँउहरु बिस्थापित भएका छन् । बिस्थापित भएका परिवारलाइ तत्काल पाल र सामान्य खाद्यन्नका सामाग्रि दिएको भएपनि बिच्चलीमा परेका थिए । पानि कम भएपछि केही परिवार घर फिर्ता भएपनि उर्तेसेनिका २३ परिवार भने पुर्ण रुपमा बिस्थापित भएका छन् ।
गाँउपालिका सुचना प्रबिधि अधिकृत बिशाल ढकालका अनुसार गाँउपालिका २ सय ५३ परिवारका घर भत्केर बिस्थापित भएको वताएका छन् । बिस्थापित भएका सबै परिवार पाल तथा अरुको घर गोठमा बसिरहेका वताएका छन् । पहिराले खानेपानि बगाउदा खानेपानिको समेत अभाब भएको गाँउपालिकाले वताएको छ । केहिका घर भत्किएका छन्, भने केही परिवार पहिरोको जोखिममा रहेको गाँउपालिकाले जनाएको छ ।
गाँउपालिकामा रहेका १८ बिद्यालय मध्ये अधिकांश बिद्यालय पहिरोको जोखिममा रहेका छन् । धर्मदय माबि, चन्द्र प्रकाश माबि र जनप्रकाश माबि पहिरोले भत्काएको छ भने अन्य बिद्यालय पनि पहिरोको जोखिममा रेहेका गाँउपालिका उपाअध्यक्ष मञ्जु बुढाले वताएकि छन् ।
बाढीपहिरो आएको केहि समय पछि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रि दल बहादुर रावल, आर्थिक मामिला मन्त्रि प्रकाश ज्वालाले स्थलगत अनुगमन सँगै सामान्य राहत बितरण गरेका थिए । गाँउपालिका अध्यक्ष बागदल मल्लले भने गाँउपालिका धेरै गाँउमा बिस्थापित भएका छन्, तिनिहरुलाई पुर्नस्थापना गर्नका लागि पहल भइरहेको वताएका छन् । सबै भन्दा बढि वडा नम्बर ३ र ४ का गाँउहरु पुर्नस्थापना गर्नुपर्ने मल्लले वताए । यो गाँउपालिका बाजुरा र मुगुको सिामान सँग जोडिएको छ ।

चर्चामा

सम्बन्धित समाचार