बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

  • आइतवार, कार्तिक २३, २०७७
कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

२२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार काठमाडौंका ८ जना, दाङका २ जना, भक्तपुर, सिन्धुली, सुनसरी, रौतहट, कास्की, स्याङ्जा, नवलपुर र बाँकेका एकएक जनाको मृत्यु भएको छ ।

सितापाइला, काठमाडौंका ८१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । १८ कात्तिकमा निमोनिया भएर अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वयम्भु, काठमाडौंका ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनिया र शक भएर १७ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई १९ गते संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप र मधुमेहका समेत बिरामी थिए ।

स्वयम्भु, काठमाडौंका ६५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । ३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएर १३ गते अस्पताल पुगेका थिए ।

काठमाडौंका ७४ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । दम र स्ट्रोकका बिरामी उनी निमोनिया भएर २१ कात्तिकमा अस्पताल भर्ना भएका थिए र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंका ८९ वर्षीय पुरुषको शुत्रलबार मृत्यु भएको छ । ७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी मुटुमा समस्या भएपछि ८ गते अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचाप र मधुमेहका विरामी थिए ।

नयाँबजार, काठमाडौंकी ७७ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । १८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया र शक भएर १९ गते अस्पताल भर्ना भएकी थिइन् ।

काठमाडौंकी ८० वर्षीया महिलाको मृत्यु भएको छ । ११ कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

कीर्तिपुर, काठमाडौंकी ४५ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । उनलाई ९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने निमोनिया भएर १४ गते अस्पताल भर्ना भएकी थिइन् ।

घोराही उपमहानगरपालिका-१५, दाङका ५९ वर्षीय पुरुषको शुक्रबार भेरी अस्पतालमा मृत्यु भएको छ । ६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पताल बेलझुण्डी भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि २० गते भेरी लगिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका-५, दाङका ७६ वर्षीय पुरुषको शुक्रबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । महुमेहका बिरामी उनी कोरोना संक्रमण पुष्टि भएपछि १३ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।

सूर्यविनायक, भक्तपुरकी ६३ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । अल्जाइमर्सकी बिरामी उनलाई १८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वास र मुटुमा समस्या भएर १९ गते अस्पताल भर्ना भएकी थिइन् ।

मरिन, सिन्धुलीकी २१ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । उनलाई १५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वास र मुटुमा समस्या देखिएपछि १९ गते अस्पताल भर्ना भएकी थिइन् ।

धरान-९, सुनसरीकी ६७ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । १८ कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई १९ गते संक्रमण पुष्टि भएको थियो ।

गरुडा नगरपालिका-२, रौतहटका ७० वर्षीय पुरुषको शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएर १२ कात्तिकमा अस्पतालमा भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका-१७, कास्कीका २९ वर्षीय पुरुषको शुक्रबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनलाई १६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पुतलीबजार नगरपालिका-८, स्याङ्जाका ७३ वर्षीया महिलाको शनिबार फेवासिटी अस्पताल, पोखरामा मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको १९ कात्तिकमा पुष्टि भएको थियो ।

गैडाकोट नगरपालिका-१२, नवलपुरका ८२ वर्षीय पुरुषको शुक्रबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । पेटको आन्द्रासम्बन्धी समस्या लिएर ३ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

राप्ती सोनारी गाउँपालिका-८, बाँकेका ४८वर्षीय पुरुषको भेरी अस्पतालमा शुक्रबार भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि २ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो

चर्चामा

सम्बन्धित समाचार