शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रेस युनियन बाजुराद्धारा शुभकामना एंव भेटघाट कार्यक्रम

प्रेस युनियन बाजुराद्धारा शुभकामना एंव भेटघाट कार्यक्रम

  • शुक्रबार, कार्तिक २१, २०७७
प्रेस युनियन बाजुराद्धारा शुभकामना एंव भेटघाट कार्यक्रम

बाजुरा —  नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले बडा दशै तथा शुभ दिपावलिको अबसरमा शुक्रबार शुभकामना तथा भेटघाट कार्यक्रम गरेको छ।
नेपाल प्रेस युनियन बाजुराले शुक्रबार अपी होटलमा आयोजना गरेको शुशुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा  राजनीतिक दल तथा जिल्लामा स्थित पत्रकारसँग गरेको प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जाेशीले बताएका छन। शुभकामना तथा भेटघाट कार्यक्रममा नेपाल प्रेश युनियन जिल्ला शाखा बाजुराका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस बाजुराका पार्टी सभापति कबिराज पण्डित रहेका जाेशीले बताए ।

त्यसै गरी बिशिस्ट अतिथी पुर्व भुमी सुधार मन्त्री जनक राज गिरी, सम्बिधान सभा सदस्य महा नेपाली अतिथिमा महिला संघकी केन्द्रिय सदस्य जुना दानी ,जिल्ला समन्वय प्रमुख नरेन्द्र कुमार रोकाया,संगठन बिभाग प्रमुख धनराज पण्डित, बडिमालिका नगरपालिका उप प्रमुख कबिता बिस्ट, लगायत नेपाली कांग्रेसका सम्बन्ध पार्टीका  संघ संगठनका पदाधिकारिहरु र जिल्ला स्थित पत्रकारहरुको समेत सहभागी रहेको थियो भने कार्यक्रमको स्वागत मन्तव्य युनियनका केन्द्रिय पार्शद रमा रावलले राखेकी थिइन भने कार्यक्रमको संञ्चालन प्रेस युनियन बाजुराका सचिव प्रशान्त राज जोशिले गरेको प्रेश युनियन बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार