शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • सिन्धुपाल्चोकमा १२ जना जुवाडे पक्राउ

सिन्धुपाल्चोकमा १२ जना जुवाडे पक्राउ

  • शुक्रबार, कार्तिक २१, २०७७
सिन्धुपाल्चोकमा १२ जना जुवाडे पक्राउ

काठमाडौँ । सिन्धुपाल्चोक प्रहरीले ४१ हजार सात सय रुपैयाँ नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ राम्चेस्थित तिलक दास श्रेष्ठको घरमा तास खलिरहेको छ भन्ने सूचनाको आधारमा खानतलासी गर्दा ९ बुक तास, नगदसहित उनीहरु पक्राउ परेका बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र साहले बताए ।

पक्राउ पर्नेहरुमा बाह्रबिसे–९ बस्ने अमृत तामाङ, कृष्ण बहादुर सापकोटा, खिका प्रसाद सापकोटा, जयरा श्रेष्ठ, तिलक दास श्रेष्ठ, मुनालल श्रेष्ठ, कान्छा तामाङ, फुर्वा तामाङ, देवेन्द्र भुजेल, राम कुमार श्रेष्ठ, नेत्र बहादुर थापा र पर्साका सलाउदिन अन्सरी रहेका छन् ।

उनीहरुविरुद्ध जुवाताससम्बन्धी मुद्दा दर्ता गरि थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार