शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • विश्वभर थप ९ हजार ८४३ कोरोना संक्रमितको मृत्यु

विश्वभर थप ९ हजार ८४३ कोरोना संक्रमितको मृत्यु

  • बिहिबार, कार्तिक २०, २०७७
विश्वभर थप ९ हजार ८४३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप नौ हजार ८४३ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज विहानसम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख २९ हजार ५६४ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.५७ प्रतिशत हो । हालसम्म विश्वभर चार करोड ८३ लाख ८८ हजार ७४४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

तीमध्ये ७२.४१ प्रतिशत अर्थात् तीन करोड ४६ लाख ३३ हजार ६८६ जना उपचारपछि निको भइसकेका छन् । बाँकी एक करोड २५ लाख २५ हजार ४९४ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार