शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • अलपत्र तथा असाहयलाई लुगाकपडा सहयोग

अलपत्र तथा असाहयलाई लुगाकपडा सहयोग

  • मङ्लबार, कार्तिक १८, २०७७
अलपत्र तथा असाहयलाई लुगाकपडा सहयोग

काठमाडौ–शान्ति सेवा गृह तिलगंगाले अलपत्र तथा असाहय ब्यक्तिलाई लुगाकपडा सहयोग गरेको छ । काठमाडौको पशुपति क्षेत्रमा अलपत्र तथा असाहय र सिन्धुपाल्चोकमा रहेका बाढीपिढितलाई लुगा कपडा सहयोग गरेको शान्ति सेवा गृह तिलगंगाका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् ।
पशुपति क्षेत्रमा बेसाहारा अबस्थामा रहेका बालवालिका, बयबृद्धलाई जुता, चप्पल र सिलिपिङ्ग ब्याग सहयोग गरेका छन् । काठमाडौको पशुपति क्षेत्रमा मागेर खाने अलपत्र अबस्थामा रहेका ब्यक्तिहरुलाई संस्थाले सहयोग गरेको छ । दशै तिहार लक्षित गरेर पशुपति क्षेत्रमा १२ सय ४८ जनालाई सहयोग गरेको संस्था संयोजक बिजेन्द्र कुवरले वताएका छन् । सहयोग निरन्तर रहने उनले वताएका छन् ।
त्यस्तै सिन्धुपाल्चोकमा रहेका ५ सय ५० जना बाढीपहिरो पिडितलाई सहयोग गरेका छन् । उनिहरुलाई सिलिपिङ्ग ब्याग लगायत लुगाकपडा सहयोग गरेको संस्थाले वताएको छ । बाढीपहिरो बाट बिस्थापित परिवारलाई थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले संस्थाले सहयोग गरेको वताएको छ । संस्थाले बिगत २८ बर्ष देखी बेसाहार तथा अलपत्र परेकालाई सहयोग गर्दै आएको छ ।
शान्ति सेवा गृहले लकडाउनको बेला अलपत्र परेका ब्यक्ति खाद्यन्नको ब्यबस्था सँगै उद्धारको काममा समेत सहयोग गर्दै आएको छ । नेपाल अन्य ठाँउमा संस्थाले बिगत लामो समय देखी असाहय अलपत्र परेका वालवालिका बयबृद्धलाई सहयोग गर्दै आएको छ । आमाबुवा नभइ अलपत्र रहेका वालवालिकालाई पालनपोषण र शिक्षा दिक्षामा पनि सहयोग गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार