शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • मार्तडीमा रहेको खुलामञ्च दुई बर्षदेखी ठेकेदाहरुको कव्जामा

मार्तडीमा रहेको खुलामञ्च दुई बर्षदेखी ठेकेदाहरुको कव्जामा

प्रशासन मुखदर्शक

  • मङ्लबार, कार्तिक १८, २०७७
मार्तडीमा रहेको खुलामञ्च दुई बर्षदेखी ठेकेदाहरुको कव्जामा

लक्ष्मीराज पाध्याय — बाजुराको सदरमुकाम मार्तडीमा रहेको खुलामञ्च बिगत दुई बर्षदेखी निर्माण कम्पनीका ठेकेदारहरुको कव्जामा रहेको छ । स्थानीय सरकार आएसंगै सो मञ्चको रेखदेखमा कसैले चासो दिएको पाइदैन ।
जिल्लाका ठुला ठुला पार्टीका आमसभा सार्बजिनीक सुनुवाई, दिवसहरु मनाईने सो मञ्च हाल ठेकेदार कम्म्पनीका निर्माण साम्रागीले भरीएको छ । सो क्षेत्रमा नजिकै जिल्ला प्रशासन कार्यालयको भवन र बडिमालिका नगरपालिको भवन निर्माण भईरहेका छन । ठेकेदारले त्यहि ठाँउमा साम्रागी राख्ने गरेका छन् ।
जिल्ला प्रशासन कार्यलय, बडिमालिका नगरपालिका र जिल्ला समन्वय सभापतिको क्वाटरको बिचमा मञ्च छ, मञ्च कब्जा हुँदा पनि सरोकारवाला निकायमा मुखदर्शक बनेको स्थानियले वताए । सभासम्मेलन सँगै भलिबल खेल्नका लागि मञ्च प्रयोग हुने गरेको थियो । मञ्च ठेकेदारको कब्जामा हुँदा मञ्च र खुलामंच अगाडी रहेका सार्वजनिक शौचालय पनि बेबारसि बनेका छन् ।


जिल्ला प्रशासन र बडिमालिका नगरपालिकाको भवन निर्माण साम्रागी हामीले नराखेको दावी दुबै भवन निर्माणका ठेकेदारहरुले बताउदै आएका छन । तर त्यहाँ थुपारेको निर्माण साम्रागी कसको हो भन्ने कुरा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेलाई समेत जानकारी नभएको बताउछन । ठेकेदार प्रमुख जिल्ला अधिकारीले थाहा नभएको वताएपनि खुलेआम ठेकेदारले मञ्च कब्जा गरिरहेका छन् ।
कसले किन राखेको होला सार्बजनीक ठाउँमा यसरी लामो समयसम्म प्रयोग बिहीन बनाउन मिल्छ भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी गैह्रेले कसको हो के हो एक दुई दिनमै हटाउन लगाउने बताए । प्रमुख जिल्ला अधिकारी गैह्रेले यस बिषयमा नगरपालिका सँग सल्लाह गरेर तत्काल हटाउन लगाउने बताएका छन ।
सार्बजनिक सम्पतीको दुरुपयोग गर्न मिल्दैन यदी यस्तो गरेको पाइएमा सरकारले कार्बाही गर्नुपर्ने कानुनी प्रामर्शदाता तथा नागरीक समाजका अगुवा तुलाराम जैशीले बताए । सार्बजनीक सम्पतीलाई निजि प्रयोग गर्न नपाईने र यदी गरेको भए प्रमुख जिल्ला अधिकारीले यसको बारेमा चासो राख्नुपर्ने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार