बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बजार
  • १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

१ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

  • आइतवार, कार्तिक १६, २०७७
१ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

विश्वभरि फैलिएको महामारीका कारण रेमिट्यान्स कम हुने अनुमानविपरीतगत भदौमा ८.१ प्रतिशतले वृद्धि भएको छ । जबकि, गत वर्षको भदौमा अघिल्लो वर्षको तुलनामा ०.६ प्रतिशतले घटेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। डलरमा पनि रेमिट्यान्स २.६ प्रतिशतले बढेको छ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड डलर पुगेको छ ।अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेकोे थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगतनयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।

भदौसम्ममा चालू खाता २६ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ । पुँजीगत ट्रान्सफरमा३३.७प्रतिशतले कमी आई १ अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३प्रतिशतले वृद्धि भई २ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९८ करोड रहेको थियो ।

शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तरस्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ ।

गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.३ प्रतिशतले वृद्धि भई २०७७ भदौ मसान्तमा १४ खर्ब ३३ अर्ब ६७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब६५ करोड रहेकोमा २०७७ भदौ मसान्तमा १२ अर्ब २० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ भदौ मसान्तमा १२ खर्ब ५५अर्बपुगेको छ ।

२०७७ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।आर्थिक वर्ष २०७७-७८ को दुईमहिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.५ महिनाको वस्तु आयात र १४.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३८.१ प्रतिशत, १२४.५ प्रतिशत र ३३.६ प्रतिशत रहेको छ। २०७७ असार मसान्तमा यो अनुपात क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७÷७८ को दुई महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ५० अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति १ सय ५ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको थियो । भदौसम्ममा बैंकिङ कारोबारमा आधारित संघीय सरकारको कुल खर्च ५३ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ४३ अर्ब १२ करोड रहेको थियो ।

बैंकिङ कारोबारमा आधारित राजस्व संकलन १ खर्ब ०५ अर्ब ३७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन १ खर्ब ४१ अर्ब ५१ करोड रहेको थियो । २०७७ भदौ मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब शून्य ७ अर्ब ९९ करोड नगद मौज्दात रहेको छ ।

आर्थिक वर्ष २०७७-७८ को दुई महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति १५ अर्ब ८ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ९ अर्ब ४६ करोड
हस्तान्तरण गरेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारले राजस्व र अन्य स्रोतबाट ५ अर्ब ६३ करोड परिचालन गरेको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.५२ प्रतिशत छ ।

चर्चामा

सम्बन्धित समाचार