शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • सुत्केरीको हेलिकोप्टरबाट उद्धार, शिशुको मृत्यु

सुत्केरीको हेलिकोप्टरबाट उद्धार, शिशुको मृत्यु

  • बुधबार, कार्तिक १२, २०७७
सुत्केरीको हेलिकोप्टरबाट उद्धार, शिशुको मृत्यु
फाइल तस्विर

जिल्लाको बडिगाड गाउँपालिकाकी एक सुत्केरी महिलालाई अत्याधिक रक्तश्राव भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ । बडिगाड गाउँपालिका ८ रणसिंहकिटेनीकी ३८ वर्षीया पुष्पा श्रीसलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको गण्डकी अस्पताल लगिएको हो ।

घरमै सुत्केरी गराउँदा अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । तर, अवस्थामा सुधार नआएपछि पोखरा पठाउनु परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणी कँडेलले बताए ।

अहिले बच्चालाई बचाउन नसके पनि आमाको अवस्थामा सुधार आइरहेको उनले जानकारी दए । सुत्केरी पुष्पा र श्रीमान् इमानसिंह श्रीस दुवैजना पेशाले शिक्षक हुन् । दुर्गममा रहेका महिलाको ज्यान बचाउने उद्धेश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा श्रीसको उद्धार गरिएको हो ।

दसैंको दिन भएकाले धेरै चूनौती भएपनि ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र बुर्तिवाङ स्वास्थ्य केन्द्रको विशेष पहलमा उद्धार गरिएको कंडेलको भनाइ छ ।बागलुङ भौगोलिक रुपमा विकट जिल्ला भएकाले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा यहाँका गर्भवति तथा सुत्केरी महिलाले बर्षेनि जटिल मातृ स्वास्थ्यसमस्या भोग्दै आएका छन् । यसवर्ष मात्रै एक दर्जन बढीको हेलिकोप्टरमार्फत उद्धार गरिसकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार