मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • भविष्य सुधार बाल क्लवद्धारा बिबिध कार्यक्रम

भविष्य सुधार बाल क्लवद्धारा बिबिध कार्यक्रम

  • मङ्लबार, कार्तिक ११, २०७७
भविष्य सुधार बाल क्लवद्धारा बिबिध कार्यक्रम

चक्र बहादुर अयडी — गौमुल गाउँपालिका वडा नम्वर ३ पातेमा नयाँ युवा नयाँ सोच जिल्ला ईकाइ बाजुराको समन्वयमा भविष्य सुधार बालक्लवको आयोजनामा आज अतिरिक्त क्रियाकलपको आयोजना गरिएको छ । दसै तथा दिपावलिको अवसर पारि सो कार्यक्रमको आयोजना गरिएको बालक्लवले जानकारि दिएको छ ।
सो कार्यक्रममा कक्षा १ देखि ३ सम्म हिसाव दौड , कक्षा ४ देखि ५ मा अध्यनरत विद्यार्थिहरुको हिज्जे प्रतियोगिता र कक्षा ६ देखि ८ सम्मका विद्यार्थिहरुको लागि बादविबाद प्रतियोगिताको आयोजना गरिएको थियो । कार्यक्रम भविष्य सुधार बालक्लवका अध्यक्ष दमन धामिको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि पाते आधार भुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बाहादुर धामि रहनु भएको थियो ।
त्यस्तै बालविकास नमुना माध्यमिक विद्यालयका सल्लाहाकार संयोजक धान बहादुर धामि , नयाँ युवा नयाँ सोच जिल्ला ईकाई बाजुराका अध्यक्ष केशव बोहोरा र गौमुल बहुउदेशिय सहकारि संथाका बारिस्ट सदस्य धरम धामि विशिष्ट अतिथि रहनु भएको थियो । आज नै सो कार्यक्रमबाट ८ हजार चन्दा संकलन भएको थियो । कार्यक्रमको संचालन दिनेश धामिले गर्नु भएको नयाँ युवा नयाँ सोच जिल्ला ईकाइ बाजुराका बरिष्ट सदस्य चिन बोहोराले जानकारि दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार