बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • उदाउदै गरेका दिपेश समर्पण

उदाउदै गरेका दिपेश समर्पण

  • सोमवार, कार्तिक १०, २०७७
उदाउदै गरेका दिपेश समर्पण

सत्रु कति ज्ञानि,बफदार मलाइ पार गर्छ
था कसरी पाउनु मैले पनि अत्याचार गर्छ
म त त्यस्तो देश को नागरिक हु सरकार
जहाँ आफ्नै बाउले छोरीको सिकार गर्छ
दिनहु मुटु जलाउन्छ आगो ताप्छ जान्छ
म कसरी सम्झिउ उस्ले मलाइ प्यार गर्छ
छोरो हात पाउ थाम्ने बुढि आमालाइ नि
बृद्दा आश्रममा पठाउन्छ कस्तो सम्मार गर्छ
सुन्दा पनि बहुत अच्च्म लाग्छन यस्ता घटना
पिउनले स्वास्थयमा उपचार बारम्बार गर्छ

आफ्नो जिन्दगि बाट उ आफै भारमा पर्यो
घाम पुर्ब बाट कि पश्चिम बाट दोधारमा पर्यो
बिस्वको जल स्रोतमा धनी देश भन्थे भन्नेले
किन यता जनता पानीको हाहाकारमा पर्यो
बलत्कारी खुले आम घुमि रहेछ नाची रहेछ
न्याय भनी आन्दोलन गर्ने कारागारमा पर्यो
धेरै माथी जान खोजी रहे छौ ख्याल गर त!
यो नभुल है इनारको भ्यागुत्तो इनारमा पर्यो
माया भन्ने राम्रै खेल खेलेको थिय मैले पनि
दुख,पिडा,आँसु,धोका सब उपहारमा पर्यो

उस्कै याद बल्झिरहन्छ भाग्यमा जो छैन।
मुटु त पोलेको छ हेर्दा मात्र पो आगो छैन
घमण्ड के को लागि नासवान यो सन्सारमा
हेरे त हजुरबुबा को एउटा पनि बङ्गारो छैन
मेहनत कसरी फल्दैन फुल्दैन भन्नू हुन्छ त
नभन्नुस यार चट्टान मा फुल फुलेको छैन
यो समय पनि बदलिसक्यो तिमी बदलियनौ
हेर न सधै बस्ने कुवामा पनि भ्यागुत्तो छैन
अरुका लागि आफ्ना खुसलाइ धितो राखे
यहाँ `समर्पण´गर्न पनि तेति सजिलो छैन
दिपेश समर्पण
त्रीबेणी न.पा-7 बाजुरा

चर्चामा

सम्बन्धित समाचार